News Portal

गाउँपालिको कार्यालयमा आगलागी

हिमाली संचार संवाददाता
४४२ पटक
२०७७ जेठ १५, बिहीबार

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकामा आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आगलागी हुँदा कालिकाटारमा रहेको गाउँपालिका कार्यालय पूर्णरुपमा जलेको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार केही दिन अगाडिको चट्याङले कार्यालयमा विद्युत् सर्ट भएको थियो ।

‘हाम्रो कार्यालयमा अझै विद्युत् पुगेको छैन । जेनेरेटर र सोलारबाट चलाइरहेका छौं । आज घाम लागेको कारण सोलारबाट विद्युत् प्रवाह हुँदा सर्ट भएको हुनसक्छ,’ अध्यक्ष मोक्तानले भने । उनका अनुसार कार्यालयमा रहेका सबै कागजपत्र जलेका छन् ।

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य उर्जा प्रणालीमा सर्ट भई आगलागी भएको थियो । आजगनी भएसगै भवनबाट सबै बाहिर निस्किएका थिए । उक्त भवन २०७३ सालमा नेपाली सेनाले निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

आपतमा परेकाहरुलाई सेल्टर दिने उद्देश्यले उक्त सामुदायिक भवन निर्माण गरिएको थियो । भवनको अभावले गर्दा उक्त सामुदायिक भवनलाई गाँउपालिकाले प्रशासनिक भवनको रुपमा प्रयोग गर्दै आएको थियो. । प्रिफ्यावको १८ कोठे भवन आगलागी भएर सबै जलेर नष्ट भएको उपाध्यक्ष सुकुमाया थिङले बताइन् । आगलागी हुँदा उनी उक्त भवनमा नै थिइन् । आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामानसमेत नष्ट भएको छ 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...