News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • झापाबाट कालिकोट आएका ५८ जनालाई प्रहरीले गर्यो धरपकड

    हिमाली संचार संवाददाता
    ६१४ पटक
    २०७७ जेष्ठ १२, सोमवार

    सुर्खेत – झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन्। यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन्। उनीहरुले अहिले लोदेमा सडक अवरुद्ध गरेका छन्।

    ४ दिन अघि हिडेका उनीहरु भोकभोकै हिजो साझ सुर्खेत पुगेर सुब्बाकुनामै बास बसेका हुन्। ४ दिनदेखि आफुहरुले खाना मात्रै होइन पानी पनि पिउन नपाएको गुनासो गरेका छन्।

    “खाना किनेरै खान्छौ भन्दा पनि प्रहरीले हामीलाई लठ्ठी लठ्ठीले हान्यो” जगदिश शाहीले भने। हामीहरुलाई सुर्खेत खाना खुवाउने भनेर ल्याए तर लोदे पुग्दासम्म खाना नखुवाएपछि हामीले कराएका हौ” अनुष्का शाहीले भनिन्।

    शाहीले आफुलाई प्रहरीले आफ्नो २ महिना अघि मात्रै रड तानीएको भाचिएको हातमै लठ्ठीले हानेको दावी गरेकि छिन्। झापामा हामीहरु क्वारेन्टिनमा बसेर आएको हो, त्यहाँको प्रदेश सरकारले राम्रै व्यवस्थापन गरेको थियो”।

    राजबहादुर बिष्टले भने “आफ्नो प्रदेशमा यस्तो व्यवहार गर्छन्” ४ दिन पछि खाना पाइन्छ भन्ने आशमा यहाँसम्म आयौ अहिले यसरी अल्मल्याउँदा बिष्टले दुखेसो पोखे।

    उनीहरुले चार दिन पछि तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्ट र केहि पत्रकारको सहयोगमा आज खाना खाएका छन्। यसरी दुख पर्दा खाना, पानी पाउदा खुशि हुदै उनीहरुले धन्यवाद व्यक्त गरेका छन्।

    कर्णाली सरकारले भारतबाट फर्किएका र नेपालका विभिन्न ठाउँबाट फर्किएका जनतालाई उद्धार त गरेको छ तर व्यवस्थापन फितलो देखिएको गुनासो आउने गरेको छ।

    स्थानीय र प्रदेश सरकारले भारतबाट फर्किएकाको ब्यवस्थापनका विषयमा समन्वय नगर्दा यस्तो परिस्थिती आएको हो। दुबै तहका सरकारले हजारौँको संख्यामा कर्णाली भित्रिरहेकाहरुका लागि खानपानको व्यवस्था गर्न विभिन्न गैरसरकारी निकायसँग पनि समन्वय गर्न आवश्यक छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...