News Portal

झापाबाट कालिकोट आएका ५८ जनालाई प्रहरीले गर्यो धरपकड

हिमाली संचार संवाददाता
७२७ पटक
२०७७ जेष्ठ १२, सोमवार

सुर्खेत – झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन्। यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन्। उनीहरुले अहिले लोदेमा सडक अवरुद्ध गरेका छन्।

४ दिन अघि हिडेका उनीहरु भोकभोकै हिजो साझ सुर्खेत पुगेर सुब्बाकुनामै बास बसेका हुन्। ४ दिनदेखि आफुहरुले खाना मात्रै होइन पानी पनि पिउन नपाएको गुनासो गरेका छन्।

“खाना किनेरै खान्छौ भन्दा पनि प्रहरीले हामीलाई लठ्ठी लठ्ठीले हान्यो” जगदिश शाहीले भने। हामीहरुलाई सुर्खेत खाना खुवाउने भनेर ल्याए तर लोदे पुग्दासम्म खाना नखुवाएपछि हामीले कराएका हौ” अनुष्का शाहीले भनिन्।

शाहीले आफुलाई प्रहरीले आफ्नो २ महिना अघि मात्रै रड तानीएको भाचिएको हातमै लठ्ठीले हानेको दावी गरेकि छिन्। झापामा हामीहरु क्वारेन्टिनमा बसेर आएको हो, त्यहाँको प्रदेश सरकारले राम्रै व्यवस्थापन गरेको थियो”।

राजबहादुर बिष्टले भने “आफ्नो प्रदेशमा यस्तो व्यवहार गर्छन्” ४ दिन पछि खाना पाइन्छ भन्ने आशमा यहाँसम्म आयौ अहिले यसरी अल्मल्याउँदा बिष्टले दुखेसो पोखे।

उनीहरुले चार दिन पछि तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्ट र केहि पत्रकारको सहयोगमा आज खाना खाएका छन्। यसरी दुख पर्दा खाना, पानी पाउदा खुशि हुदै उनीहरुले धन्यवाद व्यक्त गरेका छन्।

कर्णाली सरकारले भारतबाट फर्किएका र नेपालका विभिन्न ठाउँबाट फर्किएका जनतालाई उद्धार त गरेको छ तर व्यवस्थापन फितलो देखिएको गुनासो आउने गरेको छ।

स्थानीय र प्रदेश सरकारले भारतबाट फर्किएकाको ब्यवस्थापनका विषयमा समन्वय नगर्दा यस्तो परिस्थिती आएको हो। दुबै तहका सरकारले हजारौँको संख्यामा कर्णाली भित्रिरहेकाहरुका लागि खानपानको व्यवस्था गर्न विभिन्न गैरसरकारी निकायसँग पनि समन्वय गर्न आवश्यक छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...