News Portal

कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलित

हिमाली संचार संवाददाता
६४४ पटक
२०७७ जेठ ६, मंगलवार

छिन्चु – सुर्खेतको भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।

प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा कोरोना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टिन निर्माण समेत थालिसकेको थियो। सय बेडको क्वारेन्टिन निर्माण गर्न लागेको सेनाले स्थानीयको विरोधका कारण दुईवटा मात्रै टागेको छ।

कोरोना त्रास हामीलाई पनि छ बस्तीको बिचमा भारतबाट आएका नागरिकलाई राख्न दिदैनौ भनि स्थानीयले बिरोध गरेका छन। प्रदेश सरकारले आफनो निर्णय तत्काल सच्चाउन नगरपालिकाले समेत आग्रह गरेको छ।

मंगलबार बसेको नगरपालिका र सर्वदलिय बैठकले छिन्चुमा क्वारेन्टाइन राख्ने निर्णय अस्विकार गर्ने निर्णय गरेको हो। सर्वदलीय बैठकबिच पत्रकार सम्मेलन गर्दै नगर प्रमुख भुपेन्दबहादुर चन्दले छिन्चुको ब्यस्त बजार र शहरी ईलाकामा क्वारेन्टाइन राख्ने कदमको नगरबासी, स्थानीयबासीबाट व्यापक विरोध र आवाज उठेकोले नगरपालिकालाई प्रदेश सरकारको निर्णय स्विकार्य नभएको बताउनुभयो।

यस्तै नगरबासीको लागि क्वारेन्टाइन व्यवस्थापन, भारतबाट उद्वार गरि उपचारमा प्रतिबद्व रहेको र संघीय सरकारको निर्णय अनुसार सवारी आवतजावतमा सहयोग र सहज गरिने जानकारी दिनुभयो।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, चारवटै सुरक्षा अंगका प्रदेश प्रमुख सम्मिलित अनुगमन समितिले भेरीगंगा नगरपालिका–१० मदानेचौर, वडा १२ को मेलालाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र नगरपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकीमा परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमण भएका जिल्ला र भारतबाट आएका आफन्तलाई समेत बस्न नदिइरहेकाबेला भारतबाट आउने प्रदेश भरका नागरिकलाई सरकारले बस्तीको बीचमा राख्न खोजेको आरोप लगाउदै कर्णाली प्रदेश भित्रिने मुख्य बजार छिन्चुमा सर्वदलिय बैठकले विरोध जनाएका छन।

प्रदेशको मुख्य नाका बबई अथवा मानव बस्ती नभएको एकान्त ठाउँमा क्वारेन्टिन स्थापना गर्नुपर्ने उनिहरुको धारणा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...