News Portal

जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

हिमाली संचार संवाददाता
६०९ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्‍त्रीले जानकारी दिए।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्। आइतबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ २० गतेसम्म लकडाउनको समय थप गरेको हो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...