News Portal

मुम्बईबाट फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

हिमाली संचार संवाददाता
४७९ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन्। ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन्।

जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको हेटौंडाका एक जना, नवलपरासीका एकजना र धनगढीका एक जना रहेका छन्। सीमा नाकामै रोकिएका उनीहरु मुम्बईबाट वैशाख ३१ गते हिडेका थिए।

सीमा नाकामा रोकिएका मध्ये माडी-५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले अनलाइनखबसँग भने, ‘भारतीय सीमा सुरक्षाबल एसएसबीले हामीलाई भिखना ठोरी बजारमा रहेको एउटा विद्यालयमा राखेका छन्। नेपालबाट सम्बन्धित पक्ष लिन आएमा छाडिदिने र नभए भोलि नरकटियागंजतर्फ नै फर्काइदिने बताएका छन्। त्यसैले हाम्रो छिटो भन्दा छिटो उद्धार होस्।’

भारतबाट हामीले मेडिकल सर्टिफिकेट समेत साथमा लिएर आएको भन्दै लामिछानेले भने, ‘अलपत्र परेका हामी सबैका स्थानीय तहका प्रमुखलाई जानकारी गराइ सकेका छौं। त्यसैले हाम्रो उद्धारमा ढिलाइ नहोस्।’

सीमा नाकामा आइपुगेका नेपालीको बारेमा सम्बन्ति निकायको ध्यानाकार्षण गराउने काम भइसकेको प्रहरी निरीक्षक दाहालले बताए। माथिल्लो तहको निर्देशनविना उनीहरुको उद्धार गर्न नसकिने दाहालले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...