News Portal

नेपालका लागि पूर्वब्रिटिस राजदूत रिचर्ड मोरिस अझै सम्पर्क विहीन

हिमाली संचार संवाददाता
६०५ पटक
२०२० मे १२, मंगलबार

लन्डन – मे ६ देखि हराइरहेका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिस प्रहरीले जनाएको छ। ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०:३० बजे दौड्न घरबाट निस्किएको तर त्यसपछि परिवारसग सम्पर्कमा नआएको जनाएको छ।

प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आ–आफ्ना घरका बगैंचा, भण्डार गृह आदिमा चेक गर्न आग्रह पनि गरेको छ। कुनै स्थानीय बासिन्दा वा व्यवसायसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खोजी कार्यमा सघाइरहेका हयाम्पसायर सर्च एण्ड रेस्क्यू टोलीका स्वयंसेवकहरुलाई धन्यवाद पनि दिएको छ।

उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए। ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउँदो जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो। उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ।

उनले लामो बाहुला नीलो जिपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले बताएको छ। प्रहरीले आफूसँग व्यवसायिक खोजकर्ता समूह रहेको र उनीहरुले स्थानीय क्षेत्रमा गहन रुपले खोजी गरिरहेको भन्दै विश्वस्त पारेको छ।

बेलायतको विदेश मन्त्रालय (एफसीओ) मा प्यासिफिक डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका मोरिस सम्पर्कविहीन भएको खबरले आफूहरु चिन्तित भएको भन्दै एफसीओले उनी छिट्टै सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ ।

नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेषगरी ब्रिटेन नेपाल च्याम्बर अफ् कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...