News Portal

संसद् महासचिवमा डा. गौतम नियुक्त

हिमाली संचार संवाददाता
४६३ पटक
२०७७ वैशाख २३, मंगलबार

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा. गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो।

डा. गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ। डा. गौतम वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो।

विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गर्नुभएका उहाँले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ।

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्नुहुनेछ। मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नुहुनेछ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हाल्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...