News Portal

  • एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी नेपाल

    हिमाली संचार संवाददाता
    ५८८ पटक

    दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् ।

    नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका लागि भारतको राजधानी नयाँदिल्लीलगायतका विभिन्न सहरमा रोकिएका बिरामी र तिनका आफन्तहरू एम्बुलेन्सबाट धमाधम घर फर्किन थालेका छन् ।

    यसरी फर्कनेमा अधिकांश क्यान्सरका बिरामी र उनीहरूका आफन्त छन् । ‘धेरै भएको थियो घर नगएको । फेरि यो लकडाउन कहिले सकिने हो टुंगो भएन, त्यही भएर जान लागेका हौं’ एम्बुलेन्स रिजर्भ गरेर नेपाल जान लागेका खड्गबहादुर राईले भने । झापा, दमकका खड्गबहादर राई क्यान्सरपीडित श्रीमतीको उपचारका लागि करिब ११ महिनाअघि भारत आएका हुन् । श्रीमतीको उपचार रोहिणीको राजीव गान्धी क्यान्सर अस्पतालमा हुँदै आएको थियो । उनले विराटनगर हुँदै दमक जाने योजना बनाएका छन् ।

    विराटनगरकै देविका बस्नेत पनि श्रीमान्को उपचारका लागि दिल्ली ओहोरदोहोर गर्दै आएकी थिइन् । पछिल्लो पटक उनीहरू माघको दोस्रो साता दिल्ली आए । घर फर्कने समयमा लकडाउन सुरु भयो । मे ३ मा लकडाउन हट्ला भनेर कुरे । तर लकडाउन दुई साता थपिएपछि उनीहरू पनि आइतबार एम्बुलेन्सबाट घरतर्फ लागेका छन् । ‘लकडाउन खुल्छ भनेर बसियो, फेरि थपियो । अनि किन बस्ने भनेर हिँड्यौं,’ देविकाले भनिन् ।

    क्यान्सर रोगको उपचारका लागि बर्सेनि सयौं नेपाली भारतका नयाँदिल्ली, मुम्बईलगायतका सहर आउने गरेका छन् । अन्य रोगको उपचारका लागि आउनेको संख्या पनि उस्तै छ । दिल्लीका राजीव गान्धी, अपोलो, मेदान्त, म्याक्स, एस्कर्ट्स, गंगाराम र बीएलकेलगायत अस्पतालमा ठूलो संख्यामा नेपाली बिरामीले उपचार गराउँछन् ।

    दिल्लीको रोहिणाीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि आउने अधिकांश नेपाली नजिकै रहेको सोमबजारमा बस्छन् । भारतमा मार्च २४ देखि लकडाउन भएपछि अस्पतालमा उपचारका लागि आएका ३ सयभन्दा बढी बिरामी र आफन्त सोमबजारमा रोकिएको अनुमान छ । अन्य अस्पतालमा उपचार गराइरहेका बिरामीहरू पनि सयौंको संख्यामा छन् । लकडाउनका कारण उनीहरूलाई खान, बस्नको समेत समस्या पर्न थालेको छ ।

    श्रीमतीको उपचारका लागि परिवारसहित दिल्ली आएका काठमाडौंका नीरज मिश्र पनि लकडाउन पछि जान पाइएला भनेर कुरेका थिए । तर थप लम्बिएपछि उनी एम्बुलेन्सबाटै भए पनि नेपाल जाने निर्णयमा पुगेका छन् । ‘यतिका दिन कुरेर बसियो, अब त कुनै उपाय नै भएन । त्यही भएर एम्बुलेन्समा जाने निर्णय गरियो,’ उनले भने । त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरेको उनले सुनाए ।

    एम्बुलेन्सबाट जानका लागि पनि स्थानीय प्रशासनबाट पास भने लिनुपर्ने हुन्छ । अस्पतालले दिएको रिपोर्टका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पास दिने गरेको छ । त्यस्तो पास लिएपछि एम्बुलेन्सहरू नेपालको सीमासम्म जान पाउँछन् । नेपाल प्रवेश गरेपछि फेरि अर्को एम्बुलेन्स रिजर्भ गर्नुपर्छ । एक सातामा मात्रै दुई दर्जनभन्दा बढी एम्बुलेन्स नेपाल गएका सोमबजारस्थित एनबी ट्राभल्सका विष्णु शाहीले बताए । उनका अनुसार धेरै नेपाली त्यसरी घर फर्कने प्रक्रियामा छन् । ‘लकडाउन खुल्ने ठेगान नभएकाले उपचार सकिएका बिरामी धमाधम नेपाल फर्कन थालेका हुन्,’ शाहीले भने ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...