News Portal

एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी नेपाल

हिमाली संचार संवाददाता
७१४ पटक

दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् ।

नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका लागि भारतको राजधानी नयाँदिल्लीलगायतका विभिन्न सहरमा रोकिएका बिरामी र तिनका आफन्तहरू एम्बुलेन्सबाट धमाधम घर फर्किन थालेका छन् ।

यसरी फर्कनेमा अधिकांश क्यान्सरका बिरामी र उनीहरूका आफन्त छन् । ‘धेरै भएको थियो घर नगएको । फेरि यो लकडाउन कहिले सकिने हो टुंगो भएन, त्यही भएर जान लागेका हौं’ एम्बुलेन्स रिजर्भ गरेर नेपाल जान लागेका खड्गबहादुर राईले भने । झापा, दमकका खड्गबहादर राई क्यान्सरपीडित श्रीमतीको उपचारका लागि करिब ११ महिनाअघि भारत आएका हुन् । श्रीमतीको उपचार रोहिणीको राजीव गान्धी क्यान्सर अस्पतालमा हुँदै आएको थियो । उनले विराटनगर हुँदै दमक जाने योजना बनाएका छन् ।

विराटनगरकै देविका बस्नेत पनि श्रीमान्को उपचारका लागि दिल्ली ओहोरदोहोर गर्दै आएकी थिइन् । पछिल्लो पटक उनीहरू माघको दोस्रो साता दिल्ली आए । घर फर्कने समयमा लकडाउन सुरु भयो । मे ३ मा लकडाउन हट्ला भनेर कुरे । तर लकडाउन दुई साता थपिएपछि उनीहरू पनि आइतबार एम्बुलेन्सबाट घरतर्फ लागेका छन् । ‘लकडाउन खुल्छ भनेर बसियो, फेरि थपियो । अनि किन बस्ने भनेर हिँड्यौं,’ देविकाले भनिन् ।

क्यान्सर रोगको उपचारका लागि बर्सेनि सयौं नेपाली भारतका नयाँदिल्ली, मुम्बईलगायतका सहर आउने गरेका छन् । अन्य रोगको उपचारका लागि आउनेको संख्या पनि उस्तै छ । दिल्लीका राजीव गान्धी, अपोलो, मेदान्त, म्याक्स, एस्कर्ट्स, गंगाराम र बीएलकेलगायत अस्पतालमा ठूलो संख्यामा नेपाली बिरामीले उपचार गराउँछन् ।

दिल्लीको रोहिणाीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि आउने अधिकांश नेपाली नजिकै रहेको सोमबजारमा बस्छन् । भारतमा मार्च २४ देखि लकडाउन भएपछि अस्पतालमा उपचारका लागि आएका ३ सयभन्दा बढी बिरामी र आफन्त सोमबजारमा रोकिएको अनुमान छ । अन्य अस्पतालमा उपचार गराइरहेका बिरामीहरू पनि सयौंको संख्यामा छन् । लकडाउनका कारण उनीहरूलाई खान, बस्नको समेत समस्या पर्न थालेको छ ।

श्रीमतीको उपचारका लागि परिवारसहित दिल्ली आएका काठमाडौंका नीरज मिश्र पनि लकडाउन पछि जान पाइएला भनेर कुरेका थिए । तर थप लम्बिएपछि उनी एम्बुलेन्सबाटै भए पनि नेपाल जाने निर्णयमा पुगेका छन् । ‘यतिका दिन कुरेर बसियो, अब त कुनै उपाय नै भएन । त्यही भएर एम्बुलेन्समा जाने निर्णय गरियो,’ उनले भने । त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरेको उनले सुनाए ।

एम्बुलेन्सबाट जानका लागि पनि स्थानीय प्रशासनबाट पास भने लिनुपर्ने हुन्छ । अस्पतालले दिएको रिपोर्टका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पास दिने गरेको छ । त्यस्तो पास लिएपछि एम्बुलेन्सहरू नेपालको सीमासम्म जान पाउँछन् । नेपाल प्रवेश गरेपछि फेरि अर्को एम्बुलेन्स रिजर्भ गर्नुपर्छ । एक सातामा मात्रै दुई दर्जनभन्दा बढी एम्बुलेन्स नेपाल गएका सोमबजारस्थित एनबी ट्राभल्सका विष्णु शाहीले बताए । उनका अनुसार धेरै नेपाली त्यसरी घर फर्कने प्रक्रियामा छन् । ‘लकडाउन खुल्ने ठेगान नभएकाले उपचार सकिएका बिरामी धमाधम नेपाल फर्कन थालेका हुन्,’ शाहीले भने ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...