News Portal

यि जनप्रतिनिधिले व्यक्तिगत खर्चमा बाँडे सय परिवारलाई राहत !

हिमाली संचार संवाददाता
६२१ पटक

बागलुङ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन्।

व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १ सय परिवारलाई राहत दिएका हुन्। सदरमुकामबाट एक ट्रयाक्टर सामान लिएर गएपछि शुक्रबार उनले प्रतिपरिवार ३० केजीका दरले चामल बाँडेका हुन्।

सदरमुकामदेखि उनले ३ हजार केजी चामल लगेका थिए। त्यस्तै रसाईलीले नुन र तेल पनि बितरण गरेका थिए। लकडाउनको कारण मजदुरी गर्न नपाएर रोजगारी गुमेको तथा खान पाएनौ भन्नेलाई उनले नामाबली तयार पारेपछि शुक्रबार लगेर बितरण गरेका हुन्।

नगरपालिकाले बितरण गर्ने अभियान बनाइरहेकै बेला वडा सदस्यले व्यक्तिगत खर्चमा गरेको सहयोगले वडाबासीलाई धेरै राहत मिलेको वडाध्यक्ष जितबहादुर रानाले बताए।

यसअघि रसाईलीले नगरपालिकाबाट पाएको तलब पनि खर्चेर बिद्यालयहरुमा बालबालिकाको पढाईका लागि बितरण गरेका थिए। साथै, उनले व्यक्तिगत खर्चमा स्टेशनरी र अन्य आबस्यक सामाग्री बितरण गरेका थिए।

बिद्यालय पढ्ने बेलामा आफु र आफ्नो परिवारले भोगेको दुःख र अभाव सम्झेर अहिले राहत दिएको हुँ’ उनले भने, ‘आर्थिक अबस्था कमजोर भएकै कारण कोही भोकै बस्नु नपरोस भनेर आफ्नै वडामा सामाग्री लिएर आएको हुँ। उनको सामाजिक भावना देखेर वडाबासी खुसी समेत भएका छन्।

राहत बितरण कार्यक्रममा कांग्रेस महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, कांग्रेस जिल्ला सहसचिव सिताराम रसाईली, नेपाल रेडक्रस सोसाइटी बागलुङका मन्त्री बिकास पौडेल लगायतले उनको सेवा भावको प्रशंसा गरेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...