News Portal

नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री सहयोग

हिमाली संचार संवाददाता
५१८ पटक
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं – नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले कोरोनाको महामारीबाट बाँच्ने र बचाउने अभियानस्वरुप रामेछापमा स्वास्थ्य सामाग्रीहरु संकलन गरेर पठाएको छ।

९० थान पीपीई र ४०० सर्जिकल मास्क जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा रहेका स्वास्थ्य चौकिहरुमा पठाइएको समितिका सदस्य प्रदिप सुनुवारले जानकारी दिए।

बैशाख ३ गतेबाट संकलन गरेर पठाइएको स्वास्थ्य सामाग्री बैशाख ११ गतेसम्ममा सबै पालिकाका स्वास्थ्य चौकिहरुमा पुगिसकेको नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए।

कोरोना महामारीका कारण देशमा संकट परेकाले सकेको सहयोग गर्नु सबैको दायित्व भएको सभापति श्रेष्ठको भनाइ रहेको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...