News Portal

कुवेतका राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त

हिमाली संचार संवाददाता
९६३ पटक

२८ अगस्ट, कुवेत – लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई इराक र अल्जेरिया देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि नियुक्त गरिएको हो भने झविन्द्र प्रसाद अर्याल ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...