News Portal

  • बर्दियाको जनज्योति विद्यालयमा स्तरीय क्वारेन्टाइन निर्माण

    हिमाली संचार संवाददाता
    ४१६ पटक
    ०७ वैशाख २०७७, सोमबार

    बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

    विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न नगरपालिकाले बाहिरबाट आउने शंकास्पद व्यक्ति तथा बिरामीको लागि ५० बेडको क्वारेन्टाइन निर्माण गरेको हो।

    वडा नम्बर ६ स्थित जनज्योति माद्यामिक विद्यालयको भबनमा क्वारेन्टाइन बनाइएको वडा नम्बर ६ का वडा अध्यक्ष भवानी भुसालले जानकारी दिए।

    नगरमा बाहिरबाट आउने तथा शंकास्पद व्यक्ति वा बिरामी फेला पर्ने बितिकै क्वारेन्टाइनमा राखिने भुसालले बताए। अहिले क्वारेन्टाइनमा १२ जना पुरुष र १ महिला गरि जम्मा १३ जना क्वारेन्टाइनमा रहेका छ्न।

    क्वारेन्टाइन स्थलमा खाना, बस्न, पिउने पानी र ईन्टरनेटसमेतको प्रबन्ध गरिएको शिबपुर स्वास्थ चौकिका प्रमुख बिष्णु प्रशाद ज्ञवालीले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...