News Portal

अनलाइनबाटै अत्यावश्यक सवारी संचालनका लागि ई–पास

हिमाली संचार संवाददाता
३९२ पटक
वैशाख ०१, २०७७ सोमबार

काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन संचालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ।

गृहमन्त्रालयले सोमबार आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो।

ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ। जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्ने जनाएको छ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए।

यो प्रणाली मंगलवारदेखि सुरु हुने बताइएको छ। फाराम भर्ने सबैलाई भन्दापनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी संचालनको लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री थापाले निर्देशन दिए।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...