News Portal

  • प्रदेश सरकारलाई एनएमबी बैंक र प्रोग्रेसिभ इन्जनियरिङ कर्णालीले गरे सहयोग

    हिमाली संचार संवाददाता
    ३२४ पटक
    चैत २८, २०७६ शुक्रबार

    सुर्खेत – एनएमबी बैंक सुर्खेत शाखाले बिहीबार कर्णाली प्रदेश सरकारलाई अति आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ।

    सुर्खेत शाखाका प्रवन्धक मित्रराज प्याकुरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो।

    कोभिड-१९ रोग विरुद्ध स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुका लागि पीपीई सामग्रीहरु हस्तान्तरण गरिएको प्रवन्धक प्याकुरेलले बताउनुभयो।

    सवैभन्दा बढी जोखिममा रहने स्वास्थ्यकर्मीलाई सहयोग पुयाउने उद्देश्यले बैंकले देशभरका शाखा र प्रादेशिक तहमा सहयोगको सुरुवात गरेको छ।

    प्रवन्धक प्याकुरेलले १ सय थान पीपीइ, माक्स, सेनेटाइजर लगायतका सामग्रीहरु प्रदेश सरकारलई हस्तान्तरण गर्नुभयो।

    एनएमबी बैकंले केन्द्रमा सरकारलाइ पनि १ करोड भन्दा धेरै रकम हस्तान्तरण गरेको जनाएको छ। यसैबीच बिहीबारै प्रोग्रेसिभ इन्जनियरिङ कर्णाली प्रदेशले पनि राहत वितरण गरेको छ।

    इन्जनियरिङका अध्यक्ष रामचन्द्र विसीले मुख्मन्त्री शाहीलाई ९० हजार रकम हस्तान्तरण गर्नुभएको हो। उहाँले आफुहरुले गरेको थोरै भएपनि रकमले कोरोना रोकथामलाइ सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...