News Portal

प्रदेश सरकारलाई एनएमबी बैंक र प्रोग्रेसिभ इन्जनियरिङ कर्णालीले गरे सहयोग

हिमाली संचार संवाददाता
३७९ पटक
चैत २८, २०७६ शुक्रबार

सुर्खेत – एनएमबी बैंक सुर्खेत शाखाले बिहीबार कर्णाली प्रदेश सरकारलाई अति आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ।

सुर्खेत शाखाका प्रवन्धक मित्रराज प्याकुरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो।

कोभिड-१९ रोग विरुद्ध स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुका लागि पीपीई सामग्रीहरु हस्तान्तरण गरिएको प्रवन्धक प्याकुरेलले बताउनुभयो।

सवैभन्दा बढी जोखिममा रहने स्वास्थ्यकर्मीलाई सहयोग पुयाउने उद्देश्यले बैंकले देशभरका शाखा र प्रादेशिक तहमा सहयोगको सुरुवात गरेको छ।

प्रवन्धक प्याकुरेलले १ सय थान पीपीइ, माक्स, सेनेटाइजर लगायतका सामग्रीहरु प्रदेश सरकारलई हस्तान्तरण गर्नुभयो।

एनएमबी बैकंले केन्द्रमा सरकारलाइ पनि १ करोड भन्दा धेरै रकम हस्तान्तरण गरेको जनाएको छ। यसैबीच बिहीबारै प्रोग्रेसिभ इन्जनियरिङ कर्णाली प्रदेशले पनि राहत वितरण गरेको छ।

इन्जनियरिङका अध्यक्ष रामचन्द्र विसीले मुख्मन्त्री शाहीलाई ९० हजार रकम हस्तान्तरण गर्नुभएको हो। उहाँले आफुहरुले गरेको थोरै भएपनि रकमले कोरोना रोकथामलाइ सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...