News Portal

राप्रपाका नेताद्वय कार्की र कटवालद्वारा ट्राफिक प्रहरीलाई माक्स हस्तान्तरण

कर्ण बहादुर अधिकारी
७८५ पटक
चैत २६, २०७६ बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन अन्तराष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका उपाध्यक्ष तथा राप्रपाका युवा नेता हिकमत जंग कार्कि र राप्रपाका युवा नेता कैलाश कटवालद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल तथा प्रवक्ता जीवन श्रेष्टको माझ ट्राफिक कार्यालय रामशाहपथ काठमाडौंमा पुगी ६ सय थान मास्क हस्तान्तरण गर्नु भएको छ।

दिनरात नभनी जीवनको प्रबाह नगरी जनताको सेवाका खट्टिने प्रहरीहरूमा हार्दिक अभार प्रकट गर्नु भएको छ। सबै राजनीतिक दलका युवा नेताहरूलाई पनि यस्तो जटिल परीस्थितिमा नेपाली जनताको सहयोगमा खटिनका लागि अपील समेत गर्नु भएको छ।

यस्तो अबस्थामा यो पार्टी त्यो पार्टी नभनी नेपाली जनताको हितमा लाग्नु नै राम्रो हो भन्नु हुन्छ कार्की। राप्रपाले पनि कोरोना नियन्त्रण कोषमा यसअघि नै पाँच लाख रुपैया दिने घोषणा गरी सकेको छ।

सो माक्स हस्तान्तरणको अबसरमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भरमग्दुर प्रयास गरिरहेका छन् भने नेपाल सरकारको प्रयास सकारात्मक छ यस्तो अबस्थामा हरेक नागरीकले सरकारको यो अभियानमा साथ दिनुपर्नेमा जोड दिदै आफूहरुले सहयोग गर्न चाहेको बताए।

सचिव कार्की र कटवालले सुरक्षा निकायमा रही कठिन समयमा पनि सडकमा खट्ने ट्राफिक प्रहरीलाई सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गर्नु भएको छ।

युवा संगठनका उपाध्यक्ष कटवालले केहि दिन पश्चात फिल्डमा खटिने राष्ट्रका चौथो अंग पत्रकारहरूलाई पनि माक्स बितरण गर्ने कुराको जानकारी समेत गराउनु भएको छ।

सो अवसरमा एसएसपी ढकालले नेपालीमा सहयोगको भावना प्रबल रहेको र नागरिक तहबाट हुने यस प्रकारको सहयोग र ऐक्यबद्धताबाट ट्राफिक प्रहरीलाई हौसला मिल्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...