News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गल्ती प्रमाणित भए राजीनामा दिन तयार छु : वडाध्यक्ष सुनुवार (बिज्ञप्ती सहित)

    हिमाली संचार संवाददाता
    ८२४ पटक
    चैत २५, २०७६ मंगलबार

    रामेछाप : बिभिन्न मिडियामा “नक्कली विरामी वनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्स र चालक पक्राउ” शिर्षकमा प्रकाशित समाचार प्रति रामेछापको गोकुलगंगा गाउँपालिका वडा न.६ फर्पुले गलत समाचार सम्प्रेषण गरिएको भन्दै खेद प्रकट गरेको छ।

    सत्यतथ्य नबुझी समाचार सम्प्रेषण भएकोमा वडाध्यक्ष चन्द्र बहादुर सुनुवारले यदि कसैले नक्कलि विरामी बनाई पैसा लिएर यात्रा गराएको प्रमाणित भए राजिनामा दिन तयार भएको फेसबुकबाट सार्वजनिक गरेका छन्। उनले “पुर्ण बहादुर तामाङ कान्छारामद्रारा(सौजन्य) गोकुल गंगा ६ फर्पुको एम्बुलेन्सले यो लक डाउन समय भरी कुनै बिरामीसँग पैसा लिएको छैन र निशुल्क सेवाका लागि अझै हामी तत्पर छौ।” भन्दै फेसबुकमा पोस्ट गरेका छन्।

    त्यस्तै गलत समाचार प्रति वडा कार्यालयले एक बिज्ञप्ती जारी गर्दै मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाईएको समाचारलाई खण्डन गरेको छ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको नभई काठमाडौंमा हस्पीटलले डिस्चार्ज गरि अलपत्र परेका बिरामीलाई उद्धार गर्ने क्रममा बिरामीको कुरुवा र आफन्त जस्को काठमाडौंमा वैकल्पिक वास समेत नभएकोले एम्बुलेन्समा संख्या बढि भएकोले संखाको दायरामा प्रहरीले केही समय रोकी अनुसन्धान गरी तथ्य पत्ता लगाई छोडेको कुरा सत्य भएको ले यस समाचारलाई प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ।

    साथै अहिलेको संकटको समयमा जनतामा सन्त्रास छाऊने भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न समेत अनुरोध गरेको छ।

    यस्तो कृटिकल समयमा समेत कांग्रेस नेता तथा समाजसेवी कान्छाराम तामाङलाई विवादमा ल्याऊन केहि विपक्षी समुह लागेको र यस्तो संवेदनशील समयमा राजनीतिक विचारभन्दा माथि ऊठी त्यसो नगर्न सोहि वडा निवासी चलचित्र निर्देशक एंव संचारकर्मी जनक खड्काले समेत आग्रह गरेका छन्।

    स्मरण रहोस एम्बुलेन्स कांग्रेस नेता समाजसेवी कान्छाराम तामाङले चुनावमा पराजित भएपनि आफ्नो वचन भन्दै सहयोग गरेका थिए।

    वडाध्यक्ष चन्द्र बहादुर सुनुवारद्वारा जारी बिज्ञप्ती यस्तो छ:

    प्रेस विज्ञप्ति

    आदरणिय पत्रकार साथीहरु,
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बस्नुपर्दा भएको असहज परिस्थिति यहॉहरूलाई अवगत नै छ। यसै समयमा हामी गोकुलगंगा गाऊपालिका वडा न. ६ ले कॉग्रेश नेता समाजसेवी कान्छाराम तामाङको सहयोगमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेका छौ र भावी दिनमा समेत लकडाऊन अवधिभर यो सुविधा जारि नै राख्नेछौ। हिजो काठमाडौंबाट एक विरामी हस्पीटलबाट डिस्चार्ज भई काठमाडौँमा बस्ने भरपर्दो आफन्त नभएपछि अलपत्र अवस्थामा भएको जानकारी भएपछि वडाको हैसियत र मानवियताको नाताले उद्धारको लागि एम्बुलेन्स पठाएको र उद्धार गरेको कुरा सहि सॉचो हो। यसै बेलामा लकडाऊनले रोकिएका विरामी कुरूवा र आफन्तसमेत अलपत्र पर्ने अवस्थामा उक्त एम्बुलेन्समा आऊदा एम्बुलेन्सलाई यात्रु बोकेको हो की भनेर प्रहरीबाट शान्तिपुर्ण रूपले छानविन भएको कुरा समेत अवगत गराउन चाहन्छु। पछि विरामी भएको सहित सत्यतथ्य कुरा स्पष्ट हुनासाथ प्रहरीले ससम्मान छाडेको कुरासमेत अवगत गराउन चाहन्छु। तर यसै विषयमा विभिन्न मिडिया र केही साथीहरूले अनाधिकृत रूपमा पैसा लिएर यात्रु बोकेको भनेर गलत प्रचार गर्दा आम मानिसको हृदयमा एवं वडाको गरिमामा समेत आच आऊनेगरी गरिएको गलत प्रचार वाजिको खण्डन गर्न चाहन्छु।
    काठमाडौंमा वैकल्पिक वास समेत नभएकोले बाध्यतावश एम्बुलेन्समा संख्या बढि भएकोले संखाको दायरामा प्रहरीले केही समय रोकी अनुसन्धान गरी तथ्य पत्ता लगाई छोडेको कुरा सत्य भएको ले यस समाचारलाई प्रकाशन प्रसारण गर्न अनुरोध गर्दछु। अहिलेको संकटको समयमा जनतामा सन्त्रास छाऊने भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न समेत अनुरोध गर्दछु। यस विश्वव्यापी संकटबाट जोगिनको लागि आफ्नो सुरक्षालाई ख्याल गर्दै नेपाल सरकारको लकडाऊनलाई पालना गरिदिनुहुन्छ र हाम्रो देश, समाज र परिवारलाई कोरनामुक्त बनाऊन अहम् भुमिका खेलिदिनुहुनेछ विश्वास गरेको छु। धन्यवाद।

    चन्द्र बहादुर सुनुवार
    वडाध्यक्ष

    प्रतिकृया दिनुहोस्

    मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल...

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...