News Portal

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

हिमाली संचार संवाददाता
६०७ पटक
काठमाडौं १९, २०७६ चैत

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन्। उनको उजुरीमा तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टामै सेटिङ मिलाएको विषय उल्लेख गरिएको छ।

यस्तै बाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र्यापिङ टेस्टिङ किट ७ करोड भन्दा माथिको लागतमा किनेको समेत दावी गरिएको छ।

उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पर्नेगरी स्वास्थ्यमन्त्रीको बजाउमा अभिव्यक्ति दिएको उल्लेख छ।

अख्तियार प्रवक्ता प्रदीप कोइरालाले अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्वीटर र आयोगको वेबसाइटमार्फत उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै यस विषयमा पनि त्यसैगरी उजुरी परेको हुनसक्ने बताए।

प्राप्त उजुरीलाई आयोगले अध्ययन गर्ने र त्यसपछि छानबिन प्रक्रिया अघि बढाउने गरेको उनले बताए। आयोगमा चैत महिनामा मात्रै विभिन्न माध्यमबाट २८१ वटा उजुरी प्राप्त भइसकेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...