News Portal

डा.भोजराज अधिकारी भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त

हिमाली संचार संवाददाता
५८४ पटक
चितवन १८, २०७६ चैत

चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा.अधिकारी नियुक्त भएका हुन्।

डा.अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन्।

अध्यक्ष बनेका डा.अधिकारी सोही अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन हुन्। डा.अधिकारी अहिले भरतपुर कोरोना अस्पतालको प्रवक्ता एवं सदस्य सचिव भएर काम गरिरहेका छन्।

डा.अधिकारीले आफू अध्यक्ष बनेपछि कोरोना भाइरसको संक्रमणलाई चितवनमा आउन नदिने गरी प्रभावकारी ढंगले सजगता अपनाएर काम गर्ने बताए।

डा.अधिकारीले भने ‘चितवनलाई मेडिकल सिटी बनाउने कामको नेतृत्व भरतपुर अस्पतालले लिन्छ, अस्पताललाई स्वास्थ्य शिक्षासमेत दिने एकेडेमी बनाउने र अहिले नाममा मात्रै भएको केन्द्रीय अस्पताललाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै नभएका मापदण्डहरुलाई पूरा गर्ने बताएको अनलाइनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...