News Portal

रंगेली नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्ने

रबिन्द्र बराल
३१७ पटक
मोरङ १७, २०७६ चैत

रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवन यापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ। नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवारहरु बढि मात्रामा प्रभाव परेको हुनाले उनिहरुका लागि राहत प्याकेज वितरण गर्ने तयारी गरेको मेयर दिलिप बगडियाले बताए।

विश्व महामारीको रुपमा फैलिएको काेराेना भाईरसका कारण लकडाउन एक साताको अवधि समाप्त भए पछिल्लो पुनः नेपाल सरकारबाट फेरि साता दिनकाे अवधि थप भएको हुँदा यस नगरपालिका भित्र रहेका अति विधन्न परिवार र ज्यालादारीमा काम गरी बिहान बेलुका छाक टार्न अति नै कष्टकर भएको हुनाले एक घरधुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको छ। नगरपालिकाले पहिलो चरणमा ४ हजार प्रतिबाेरा राहत बितरण गर्ने र अपुग भएमा पुनः खरिद गरेर बितरण गरिने समेत बताए।

सर्वदलिय बैठकले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र तिनिहरुको घर वसेको अवधिभरका दिनमा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ।

साथै भारतबाट आएका मजदुरहरलाई उद्योगबाट बाहिर नजाने गरी उद्योगको हाता भित्र रहि काममा लगाउन समेत निर्णय समेत गरेको छ। नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाई तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...