News Portal

प्रदेश सांसद मल्लले दिए सरकारलाई ३ करोड

सरकारबाट पाउने सम्पूर्ण सेवासुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताएका छन्।

हिमाली संचार संवाददाता
४७६ पटक

काठमाडौं १५, २०७६ चैत : नेपाली कांग्रेस डडेल्धुराका सभापति एवम् सुदूरपश्चिमका प्रदेश सांसद कर्ण बहादुर मल्लले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन करोड रुपियाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन्।

डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपियाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन्।

प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताएका छन्।

उनले कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदासम्म आफूले सरकारबाट पाउने सम्पूर्ण सेवासुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताएका छन्।

मल्लले कांग्रेस र अन्य दलका सांसदहरूलाई पनि विपदको घडीमा सरकारलाई सक्दो सहयोग गर्न अपील गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...