आज : २०२६-०६-२९, सोमबार

स्वास्थ्यमन्त्री नहटाए प्रधानमन्त्रीको राजनीतिक योगदान टुकुचामा बग्नेछ : पूर्वसचिव उपाध्याय

काठमाडौं १३, २०७६ चैत : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन्।

नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला उनले स्वास्थ्यमन्त्री ढकाललाई आर्ज बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएका उनले ढकाललाई हटाएर चिकित्साविज्ञलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि भनेका छन्। ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून्’, फेसबुकमा उपाध्यायले लेखेका छन्, देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो, यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन।

यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ। प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पूर्वसचिव उपाध्यायले फेसबुक छन् : किड्नी फेरेपछि बालुवाटारमा बिगत करिब १ महिनादेखि आराम गरिरहेका सम्माननीय प्रम ओलीजीलाई कसैले जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध छ भनेर खबर गरिदिनुपर्यो।

निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून् त्यस्तै कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिईहालून्।

देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो। यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन। यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ।