News Portal

महामारी रोकथाममा स्वास्थ्यकर्मीलाई भत्ता, प्रहरीलाई किन रित्तो हात ?

हिमाली संचार संवाददाता
५७० पटक

काठमाडौँ ११, २०७६ चैत : सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर “लकडाउन”को घोषणा गरिसकेको छ। जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन्।

ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिने सिफारिस गरिरहदा प्रहरीलाई भने विभेद गरेको छ। भुइचालो गयो प्रहरी, चोरी भयो प्रहरी, आतंक फैलियो प्रहरी, केहिँ विपद भए प्रहरी तर हरेक विषम परिस्थितिमा खट्टिने प्रहरीलाई विभेद गर्नु दु:खद हो।

यसै परिवेशमा आफ्नै पिताबाट सन्तानलाई फरक व्यवहार गर्न मिल्छ ? भन्दै आइजीपी ठाकुर ज्ञवालीले गृहमन्त्रालयसमक्ष मौखिक असन्तुष्टि जनाएपछि गृहप्रशाशन भत्ता दिन सकारात्मक भएको छ तर दिने निर्णय भने गरिसकेको छैन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...