News Portal

  • कोरोना रोकथामका लागि मोरङका साना सिमा नाका बन्द

    रबिन्द्र बराल
    ४०० पटक

    मोरङ ०९, २०७६ चैत : प्रदेस सरकारले मोरङका एक दर्जन साना नाका वन्द गर्ने निर्णय गरेको छ। इलाका प्रहरी कार्यालय अन्तगर्त पर्ने रंगेली नगरपालिकाको आमगाछी र धनापट्टि, चोप्राहाका दुुइ स्थान तथा धनपालथान गाउँपालिका अन्तर्गत अमाही, खैरवना र नोचा नाका तथा सुुनवर्सी नगरपालिकाकाेे वरडङगा र सिक्टि नाका बन्द भएकाेे छ।

    रतुवामाई नगरपालिकाकाे घटिचाेक, साेनापुर र गुटुङ्गा सिमाना बन्द गरिएको छ। सो नाकामा आवतजावतमा रोक लगाउन उच्च सर्तकता अपनाइको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

    यस अघि सो नाकामा प्रहरीले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क संचालन गर्दै आएको थियो। प्रदेस न १ का मुुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा नोभेल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा तथा उपचार समन्वय उच्च स्तरिय निर्देशन समितिले सो निर्णय गरेको हो।

    यसैगरि समितिले विराटनगर रानी नाका भएर तेश्रो मुुलुुकवाट हुुने आवत जावतलाई पुुर्ण रुपले वन्द गर्ने निर्णय गरेको छ। त्यस्तै वैठकले विराटनगर रानी नाका भएर भारतवाट आउने नेपालीहरुको आवतजावतलाई थप व्यवस्थित गर्ने तथा कडाइका साथ स्वास्थ जाचको व्यवस्था गर्ने निर्णय गरेको छ। सो नाकामा नेपाल-भारत दुुवैतर्फ हेल्थडेस्क संचालन हुुदै आएका छन।

    कोरोना भाइरस सक्रमित फेला परे त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तथा संघिय, प्रदेस र स्थानिय सरकारसंग समन्वय र सहकार्यगरि आवश्यक मेडिकल सामाग्री खरिद गर्नेपनि समिति निर्णय गरेको छ। समितिले अत्यावश्यक काम वाहेक हिलडुुल तथा हाट बजारमा आवतजावत नर्गन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...