News Portal

कोरोना रोकथामका लागि मोरङका साना सिमा नाका बन्द

रबिन्द्र बराल
४६४ पटक

मोरङ ०९, २०७६ चैत : प्रदेस सरकारले मोरङका एक दर्जन साना नाका वन्द गर्ने निर्णय गरेको छ। इलाका प्रहरी कार्यालय अन्तगर्त पर्ने रंगेली नगरपालिकाको आमगाछी र धनापट्टि, चोप्राहाका दुुइ स्थान तथा धनपालथान गाउँपालिका अन्तर्गत अमाही, खैरवना र नोचा नाका तथा सुुनवर्सी नगरपालिकाकाेे वरडङगा र सिक्टि नाका बन्द भएकाेे छ।

रतुवामाई नगरपालिकाकाे घटिचाेक, साेनापुर र गुटुङ्गा सिमाना बन्द गरिएको छ। सो नाकामा आवतजावतमा रोक लगाउन उच्च सर्तकता अपनाइको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

यस अघि सो नाकामा प्रहरीले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क संचालन गर्दै आएको थियो। प्रदेस न १ का मुुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा नोभेल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा तथा उपचार समन्वय उच्च स्तरिय निर्देशन समितिले सो निर्णय गरेको हो।

यसैगरि समितिले विराटनगर रानी नाका भएर तेश्रो मुुलुुकवाट हुुने आवत जावतलाई पुुर्ण रुपले वन्द गर्ने निर्णय गरेको छ। त्यस्तै वैठकले विराटनगर रानी नाका भएर भारतवाट आउने नेपालीहरुको आवतजावतलाई थप व्यवस्थित गर्ने तथा कडाइका साथ स्वास्थ जाचको व्यवस्था गर्ने निर्णय गरेको छ। सो नाकामा नेपाल-भारत दुुवैतर्फ हेल्थडेस्क संचालन हुुदै आएका छन।

कोरोना भाइरस सक्रमित फेला परे त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तथा संघिय, प्रदेस र स्थानिय सरकारसंग समन्वय र सहकार्यगरि आवश्यक मेडिकल सामाग्री खरिद गर्नेपनि समिति निर्णय गरेको छ। समितिले अत्यावश्यक काम वाहेक हिलडुुल तथा हाट बजारमा आवतजावत नर्गन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...