News Portal

युएर्इमा एक नेपाली युवाको मृत्यु

हिमाली संचार संवाददाता
८५४ पटक

युएर्इ – बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो।

गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको रशिद अस्पताल लगिएको थियो। चिकित्सकका अनुशार उललार्इ ब्रेन ट्युमर भएको बताएर्इको छ।उनको शव पोस्टमाटमको लागि रशिद हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

५ महिना अघि अन्जली अोभरसिज सर्भिस काठमाडाैंबाट रोजगारीको लागि युएर्इ आएका ताराबहादुर दुबर्इ स्थित ब्लु डार्इमण्ड सेक्युरेटी कम्पनीमा कार्यरत थिए। मृतक गुरूङ्का श्रीमती १ छोरी र अामा गोरखामै बस्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...