News Portal

संविधान सभा सदस्य पर्तमान धिमालका छोराको दादागिरी, बाङ्गाईलाई कुटपिट

हिमाली संचार संवाददाता
२९४ पटक

 

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य तथा अठियाबारी गाउँ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल आफ्नै समूदायको विद्यार्थी मन्चका महासचिव सुनिल धिमालबाट कुटिएका छन् ।
रामप्रसादलाई कुट्ने मञ्चका महासचिव सूनीललाई निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरी कारवाही गरेको छ । छैठौं महाधिवेसनको पूर्व सन्ध्यामा टोल समितिबाट प्रतिनिधि चयनका क्रममा राम र सुनील बीच दरार उत्पन्न भएपछि महासचिव सूनीलले रामप्रसादलाई रामधुलाई गरेका हुन् । सूनील संविधान सभा सदस्य पर्तमान धिमालका छोरा हुन् भने रामप्रसाद समाजवादी पार्टीका स्थानीय नेता हुन् ।

 

चैत ३ गते सोमबार धिमाल जातीय विकास केन्द्र, केन्द्रीय सचिवालयको आकस्मिक बैठकले आक्रमणको भत्र्सना गर्दै, आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका केन्द्रीय महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कारबाही गरेको हो । केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारि विज्ञप्तीमा सो घटनालाई उत्तेजित बनाउने मोरङ जिल्ला सदस्य धनराज धिमाललाई समेत निलम्बन गर्दै १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कारबाही गरिएको छ ।

त्यस्तै अठियाबारी टोल समितिका साधारण सदस्य अनिल धिमाललाई समेत १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कारबाही गरिएको छ । विज्ञप्तिमा केन्द्रीय सदस्यलाई आक्रमण गर्ने सुनील धिमाललाई कानुनी कारबाही समेत माग गरिएको छ । त्यस्तै बर्खास्तमा परेका सुनिल धिमालले समेत प्रेस विज्ञप्ती जारी गर्दै घटनामा केन्द्रीय सदस्यलाई हात लाग्न गएकोमा क्षमा याचना गरेका छन् । बर्खास्तमा परेका सुनील नेकपा उर्लाबारी नगर समितिका सदस्य, अनेरास्ववियु मोरङका सदस्य एवं उर्लाबारी बहुमुखी क्याम्पसका स्ववियु सचिव समेत हुन् । त्यस्तै धनराज धिमाल उर्लाबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् । आक्रमण गर्ने सुनील धिमाललाई इलाका प्रहरी कार्यालय, उर्लाबारीले मङ्गलबार नियन्त्रणमा लिएर बुधबार छोडेको छ । सुनीलको बचाउका लागि नेकपाका स्थानीय नेताहरुले इलाका प्रहरी कार्यालयलाई नीजि अण्डा नै बनाएका थिए । त्यस्तै पिटाई खाने रामप्रसाद समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेकाले समाजवादी पार्टीका स्थानीय नेताहरु पनि प्रहरी कार्यालय पुगेका थिए ।

घटनाको नालीबेली
धिमाल जातिय विकास केन्द्र, अठियाबारी गाउँ टोल समितिको छैठौं साधारण सभा, केन्द्रका केन्द्रिय अध्यक्ष तेजबहादुर धिमालको प्रमुख आतिथ्यतामा उर्लाबारी ८, अठियाबारी स्थित सामुदायिक बाल केन्द्रका भएको थियो । साधारणसभाबाट नेतृत्व समेत चयन गर्नु पर्ने भएकाले अध्यक्ष र सचिव पदबाहेक सबै पदमा पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भए ।

अध्यक्षमा लेखलाल धिमाल र अनिल धिमाल, सचिवमा नेचिमाया धिमाल र खेमराज धिमालले उम्मेदवारी दिएपछि सहमति जुट्न सकेन । अध्यक्ष र सचिवले केन्द्रीय अधिवेशनमा मतदान गर्न पाउने ब्यवस्था छ । त्यसैले महाधिवेशन हुने वर्ष अध्यक्ष र सचिव बन्न निकै जोडबल लगाउने गर्छन् । सहमति नजुटेपछि निर्वाचन समितिले चैत १ गते निर्वाचन गराउने सुचना जारी गर्यो । त्यसपश्चात निर्वाचन तयारी गर्नु पर्ने भएकाले साधारण सदस्यको रसिद माग गरिएको थियो । तत्कालिन टोल समिति संग भएको रसिद प्राप्त भएको भएपनि, केन्द्रीय सचिव कविराज धिमाल र केन्द्रीय सदस्य रामप्रसाद धिमालले धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाई दिएको ६१२२ देखि ६१५०, ७४५१ देखि ७५००, ८५५१ देखि ८६०० नम्बरको रसिद निर्वाचन समितिले प्राप्त गर्न सकेन । निर्वाचन समितिले त्यहि कुरा केन्द्रीय समितिलाई जानकारी गरायो ।

त्यस लगत्तै अध्यक्षका उम्मेदवार लेखलाल धिमाल र सचिवका उम्मेदवार खेमराज धिमालले तत्कालिन टोल समितिले बुझेको रसिदमा अध्यक्षका प्रत्यासी अनिल धिमाल साधारण सदस्य समेत नभएकोले र सचिवका उम्मेदवार नगर सदस्य भएकाले उम्मेदवारी रद्ध गरि पाउँ भनी निर्वाचन समितिमा निवेदन पेश गर्यो । यी सबै घटनाक्रम भएपछि धिमाल जातीय विकास केन्द्रले केन्द्रीय पदाधिकारी बैठकको आब्हान गर्यो । पदाधिकारी बैठकले टोल समितिलाई दिनु पर्ने साधारण सदस्यताको रसिद गलत मान्छेलाई दिएको भन्दै केन्द्रीय सचिव र अठियाबारी गाउँ टोल समितिका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्यलाई सचेत गरायो । साथै रसिद नं. ६१२२ देखि ६१५० सम्मको र ७४५१ देखि ७५०० सम्मको रसिदमा संस्थाको छाप नलागेको भन्दै त्यसलाई खारेज गरेर चैत १ गते नयाँ सदस्यता वितरण गर्ने र चैत ३ गते निर्वाचान गर्ने मिति तोक्यो ।

सचिवका उम्मेदवार नेचिमाया धिमाल, उर्लाबारी नगर समितिको सदस्य समेत भएकाले नगर सदस्यबाट राजिनामा दिएर निर्वाचनलाई सहज बनाउन निर्वाचन समितिका अध्यक्ष कुमार धिमालले पटक पटक मौखिक आग्रह गर्यो । नेचिमायाले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएपछि नगर अध्यक्ष नारायण धिमाललाई राजीनामा पत्र थमाएका थिए । अन्तिम समयमा राजीनामा आएकाले तत्काल स्विकृती गर्न नसकिने र सचिव पदका उम्मेदवार नेचिमायाको उम्मेदवारी खारेज हुनु पर्ने भन्दै अठियाबारी गाउँटोल समितिका निवर्तमान अध्यक्ष समेत रहेका उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमालले निर्वाचन समितिमा दबाव दिन थाले । सो अवधिमा निर्वाचन आचारसंहिता र निर्वाचन कार्यविधि बारे निर्वाचन समिति र निर्वाचन प्रतिनिधि बीच छलफल र हस्ताक्षर भइसकेको थियो । समस्या आएपछि निर्वाचन समिति र उम्मेदवारहरु बीच छलफल गराउनु पर्ने आवश्यकता महशुस भएकाले छलफल बोलाएको थियो । सो छलफलमा अनिल धिमाल पक्षको टावर पर्सनको रुपमा चिनिएका विद्यार्थीका महासचिव सुनील धिमाल, धनराज धिमाल, अनिल धिमाल, नारायण धिमाल, लेखलाल धिमाल र निर्वाचन समिति बिच छलफल सुरु भयो । छलफलका क्रममा अनिल धिमाल, सुनिल धिमाल, नारायण धिमाल, धनराज धिमाल बिच चर्काचर्कि भयो । सोहि बेला विद्यार्थीका महासचिव सुनिल धिमालले चुपचाप बसिरहेका केन्द्रिय सदस्य रामप्रसाद धिमाललाई सबै समस्या गर्ने तपाई हो भन्दै गालामा चड्कन लगाएका थिए । त्यस पश्चात त्यहाँको माहोल बिग्रिएको थियो । घटनाको जानकारी लिन धिमाल जातिय विकास केन्द्रले केन्द्रीय सचिवालय समितिको बैठक बोलाएको थियो । केन्द्रीय पदाधिकारीले निर्वाचन समिति र विभिन्न तहमा काम गर्नेहरुसँग घटनाबारे जानकारी र आवश्यक राय बुझेर सो निर्णय लिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...