News Portal

नेपालले एमओयूको प्रस्ताव मलेसियालाई पठायो, सेप्टेम्बर पहिलो हप्ता श्रम सम्झौता हुन सक्ने

५९९ पटक

मलेसियाले नेपाली कामदार लैजान पठाएको समझदारी पत्र (एमओयू) को मस्यौदामाथि नेपालले छलफल र अध्ययन गरी संशोधनसहित मलेसियालाई पठाएको छ ।

नेपालले संशोधनसहितको प्रस्ताव मलेसियाको मानव संसाधन मन्त्रालयमा पठाएको हो । विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठमा कामदार मलेसिया पठाउन रोक लगाएपछि मलेसियाले सरकारी स्तरबाटै सम्झौता गरेर कामदार लैजान गएको शनिबार नेपाललाई औपचारिक प्रस्ताव पठाएको थियो ।

मलेसियाले पठाएको मस्यौदामा विज्ञ, सरकारी निकायका प्रतिनिधि र सरोकारवालसँग सुझाव लिएर संशोधनसहित शुक्रबार नै मस्यौदा मलेसिया पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

मलेसियाले नेपालले उठाएको मुद्धालाई सम्बोधन हुनेगरी नै मस्यौदा पठाएको र त्यसमा थप सुझाव सहित नेपालले शुक्रबार नै मस्यौदा मलेसियालाई पठाएको हो ।

मलेसिया पनि नेपाली कामदारको हितकै पक्षमा सम्झौता गरेर कामदार लैजान तयार भएको र नेपालले पनि आफ्नो सुझाव सहित मस्यौदा पठाएकाले आउँदो सेप्टेम्बरको पहिलो हप्तासम्ममा श्रम सम्झौता हुन सक्ने मन्त्रालयका उच्च अधिकारीको दावी छ ।

मलेसियाले नेपाली कामदार लैजाँदा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी एमओयूको प्रस्ताव पठाएको थियो । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यसअघि नेपालले इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताएका थिए । (उज्यालो)

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...