आज : २०२६-०६-२९, सोमबार

कोरोनाका कारण अमेरिकी दूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

काठमाडौँ ०४, २०७६ चैत : नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले आजबाट लागु हुनेगरी भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ। आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ। यद्यपि, मितिबारे भने केही खुलाएको छैन।