News Portal

मुना हत्याकाण्डः प्रहरीसमक्ष यस्तो दिए अर्जुन कार्कीले बयान

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं ३०, २०७६ फागुन : सानेपामा मुना कार्कीको हत्याका सन्दर्भमा प्रहरीले पति अर्जुन कार्कीसँग बयान लिएको छ। कामदार विजय चौधरीको आत्महत्याको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन।

पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घटनाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ। गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृत फेला परेका थिए।

माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर किटानी जाहेरी दिएका थिए। घटनाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्मनी नभएको प्रहरीसमक्ष बताएका छन्। ६ वर्षदेखि आफ्नो घरमा घरेलु कामदार बसेका विजयले आफूसँग खासै कुरा नगर्ने गरेको अर्जुनले बताएका छन्।

विजयले घटना घटाउनैपर्ने खालको कुनै व्यवहार नदेखाएको अर्जुनको भनाइ छ। विजयले मागेको बेला पैसा दिने गरेको पनि उनले बताएका छन्।

महानगरीय प्रहरी परिसर जावालाखेल र अपराध महाशाखाको टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान थालेको ३२ दिन भएको छ तर, अझैसम्म ‘घटना किन घटाइयो’ भन्ने स्पष्ट कारण पत्ता लगाउन प्रहरी असफल भएको छ।

यसले नेपाल प्रहरीको अनुसन्धान क्षमतामा नै प्रश्न उठ्न थालिसकेको छ तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने आफूहरु कारण पत्ता लाग्नेमा विश्वस्त रहेको दाबी गर्छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...