News Portal

  • मुना हत्याकाण्डः प्रहरीसमक्ष यस्तो दिए अर्जुन कार्कीले बयान

    हिमाली संचार संवाददाता
    ४०९ पटक

    काठमाडौं ३०, २०७६ फागुन : सानेपामा मुना कार्कीको हत्याका सन्दर्भमा प्रहरीले पति अर्जुन कार्कीसँग बयान लिएको छ। कामदार विजय चौधरीको आत्महत्याको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन।

    पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घटनाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ। गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृत फेला परेका थिए।

    माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर किटानी जाहेरी दिएका थिए। घटनाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

    कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्मनी नभएको प्रहरीसमक्ष बताएका छन्। ६ वर्षदेखि आफ्नो घरमा घरेलु कामदार बसेका विजयले आफूसँग खासै कुरा नगर्ने गरेको अर्जुनले बताएका छन्।

    विजयले घटना घटाउनैपर्ने खालको कुनै व्यवहार नदेखाएको अर्जुनको भनाइ छ। विजयले मागेको बेला पैसा दिने गरेको पनि उनले बताएका छन्।

    महानगरीय प्रहरी परिसर जावालाखेल र अपराध महाशाखाको टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान थालेको ३२ दिन भएको छ तर, अझैसम्म ‘घटना किन घटाइयो’ भन्ने स्पष्ट कारण पत्ता लगाउन प्रहरी असफल भएको छ।

    यसले नेपाल प्रहरीको अनुसन्धान क्षमतामा नै प्रश्न उठ्न थालिसकेको छ तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने आफूहरु कारण पत्ता लाग्नेमा विश्वस्त रहेको दाबी गर्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...