News Portal

सुर्खेतमा नक्कली डाक्टर पक्राउ

हिमाली संचार संवाददाता
४८६ पटक

सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

नेपाल मेडिकल काउन्सिलको परीक्षा नदिई एनएमसी नम्बर प्रयोग गर्दै आएको आरोपमा प्रहरीले काफ्लेलाई पक्राउ गरेको बताएको छ।

नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै बिरामी चेकजाँचसमेत गर्दै आएका थिए।

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका काफ्लेले नक्कली एनएमसी नम्बर प्रयोग गरेर बिरामी चेकजाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा समेत नक्कली प्रवेशपत्र पेस गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिरामीलाई काफ्लेले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) विशेषज्ञ बताउने गरेका थिए। नेपाल मेडिकल काउन्सिलले काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर बिरामी चेकजाँच गरिरहेको पाएपछि कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई पत्राचार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले ठगीमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए। प्रहरीका अनुसार काफ्लेले २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...