News Portal

डोजर काण्ड : गाउँपालिकाका अध्यक्ष केसीको राजीनामा माग

हिमाली संचार संवाददाता
६७३ पटक

सुर्खेत २५, २०७६ फागुन : स्थानीय तहमा भ्रष्टाचार मौलाएको जनगुनासो बढिरहेकोबेला सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले निकालेको तथ्यांकमा भेरीगंगापछि बढी अनियमितता हुने स्थानीय तहमा सिम्ता गाउँपालिका पर्छ।

अध्यक्ष केसीको संलग्नतामा सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने भनिएको स्थल पातचौरमा आवश्यकताभन्दा धेरै घण्टासम्म डोजर चलाएर आर्थिक अपचलन गरेको आरोप लागेको छ।

साथै आर्थिक बर्ष २०७५/०७६ को युवा उद्यम कार्यक्रमको बजेट दुरुपयोग गर्दै आसेपासेले सञ्चालन गरिरहेका विभिन्न संस्थालाई दिएको आरोपसमेत लागेको छ।

अख्तियारले स्थानीयको उजुरीका आधारमा छानबिनसमेत थालेको छ। स्थानीय सरकारका प्रमूखविरुद्ध अख्तियारमा मुद्दा परेकाले अध्यक्ष पदबाट राजीनामा दिन माग गरिएको छ।

अख्तियारको उजुरीपछि युवा नेता प्रचण्ड पोखरेल र रवि किरण हमालले गाउँपालिकाका अध्यक्ष केसीले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका छन्।

पोखरेल र हमालद्वारा जारी संयुक्त वक्तव्यमा विधि र पद्धतिलाई मान्ने भए राजीनामा गरेर निष्पक्ष छानबिनको बाटो स्थानीय सरकार प्रमुखले खोल्नुपर्ने उल्लेख गरिएको छ।

पोखरेल र हमालद्वारा जारी वक्तब्यमा गाउँपालिका अध्यक्षले गर्ने सार्वजनिक कार्यक्रम बहिष्कारका लागि आम नागरिकलाई अपील समेत गरेका छन्।

गाउँपालिका अध्यक्ष नजिक रहेका केही व्यक्तिले स्थानीय युवालाई अख्तियारको पत्र सार्वजनिक नगर्न बारम्बार टेलिफोनमा दबाव दिइएको र उनीहरुलाई जागिरको प्रलोभन समेत देखाइएको श्रोतले जनाएको छ।

सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले समेत उक्त विवाद बाहिर नल्याउन भन्दै ती युवालाई टेलिफोन गरेका थिए। यद्यपी अख्तियारको पत्र अहिले संजालभर भाइरल बनेको छ।

यो पनि पढ्नुहोस।

तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...