News Portal

  • गजल – हेर्दै जाऊ !

    हिमाली संचार संवाददाता
    ३९३ पटक

    कति भूल्न सक्छ्यौ मलाई, थाहा हुन्छ हेर्दै जाऊ
    उति उति याद मेरा, आउनेछ हेर्दै जाऊ।

    तनका भोगी हुन्छन् सवै, म बाहेक तिमीसँग
    कस्ले पो दिलले माया, लाउनेछ हेर्दै जाऊ।

    स्मृतीको तरेलीमा, मेरै यादले सताउदा
    तिम्रो मनले पीडा कति, पाउने छ हेर्दै जाऊ।

    मलाई भूलें भन्दै तिमी, ती ओठले सुसेल्दानी
    मेरै गीत तिम्रो मनले, गाउनेछ हेर्दै जाऊ।

    म थिए र पो चिन्ता गर्ने, दु:ख पर्दा खेरी तिम्लाई
    ख्याल राख्न अव कस्ताहरु, धाउनेछन् हेर्दै जाऊ।

    भेटीएनी कोही अरु, आफ्नो स्वार्थ पूरा गर्न
    तिमीलाई मियो बनाई, दाउनेछ हेर्दै जाऊ।।

    परदेशी कृष्ण
    धुलाबारी-झापा, हाल : कुवेत।

    यो पनि पढ्नुहोस।

    खाएको पो बिष लाग्नु…

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला...

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा...

    प्रदेशसभा विवादित : सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यातेर सरकारलाई चुनौती

    पोखरा, असार ९ — गण्डकी प्रदेशसभाको सोमबारको बैठक विशेषगरी बजेट छलफलकै लागि बोलाइएको थियो। तर,...

    रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका...