आज : २०२६-०७-११, शनिबार

गजल – हेर्दै जाऊ !

कति भूल्न सक्छ्यौ मलाई, थाहा हुन्छ हेर्दै जाऊ
उति उति याद मेरा, आउनेछ हेर्दै जाऊ।

तनका भोगी हुन्छन् सवै, म बाहेक तिमीसँग
कस्ले पो दिलले माया, लाउनेछ हेर्दै जाऊ।

स्मृतीको तरेलीमा, मेरै यादले सताउदा
तिम्रो मनले पीडा कति, पाउने छ हेर्दै जाऊ।

मलाई भूलें भन्दै तिमी, ती ओठले सुसेल्दानी
मेरै गीत तिम्रो मनले, गाउनेछ हेर्दै जाऊ।

म थिए र पो चिन्ता गर्ने, दु:ख पर्दा खेरी तिम्लाई
ख्याल राख्न अव कस्ताहरु, धाउनेछन् हेर्दै जाऊ।

भेटीएनी कोही अरु, आफ्नो स्वार्थ पूरा गर्न
तिमीलाई मियो बनाई, दाउनेछ हेर्दै जाऊ।।

परदेशी कृष्ण
धुलाबारी-झापा, हाल : कुवेत।

यो पनि पढ्नुहोस।

खाएको पो बिष लाग्नु…