आज : २०२६-०७-११, शनिबार

खाएको पो बिष लाग्नु…

– परदेशी कृष्ण
झापा, हाल : कुवेत।


फुल सुक्न नपाउदै माया सेलाई गयो,
गर्नु गर्यो कोरोनाले अलग बनाई गयो।

बिगार गर्ने अर्कै छ गाली खाने अर्कै,
होला होला जस्तो थियो अलग बनाई गयो।

डर पनि कति लिनु जन्मे पछि मर्नै छ,
खाएको पो बिष लाग्नु नखाएमा के नै डर छ।

सुरु पनि तिमी अन्त्य पनि तिमी,
गर्ने गर्‍यो कोरोना खुशी हुनु तिमी।।