News Portal

साउदीमा अलपत्र नेपालीलाई खानाको व्यवस्था

७३३ पटक

साउदीमा अलपत्र परेका ३६ जनालाई विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरेका छन् । कम्पनीले सम्झौता अनुसारको काम र पैसा नदिएपछि साउदीको अल्खोबर टुम्बामा अलपत्र परेका नेपालीलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दमाम, गुरुङ तमुधि, मधेसी संस्था, नेपाल एनबिसी, एनआरएनए साउदी लगायतका संघसंस्थाले खानाको व्यवस्था गराएका हुन ।

असार ३२ गतेदेखि खानाको व्यवस्था नहुँदा उनीहरुले खाजाकै भरमा दिनरात बिताएका थिए । २०७४ फागुन १ गते सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै साउदी पुगेका ३६ नेपालीलाई साउन १ गते अल्खोबर टुम्बामा पुर्‍याइएको थियो ।

सम्झौता अनुसारको तलब नपाएपछि एक दिन काममा नगाएका ३८ जना नेपालीलाई  कम्पनीले निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो ।

अलपत्र ३८ मध्ये दुई जनालाई भने छुटाएर कुवेतको बोर्डरमा लगिएको खोटाङ फेदीका अरुण तामाङले बताउनुभयो ।

दलालले उनीहरुलाई क्याट्रिङको काममा १४ सय रियालसम्म तलब हुने बताएको थिए । तर सम्झौता पत्रमा आठ सय मात्र पाउने उल्लखे छ । अहिलेसम्म उनीहरुले नौ सय रियाल मात्र तलब पाएको बताएका छन् ।  उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...