आज : २०२६-०७-११, शनिबार

विनु घलेका दुई गजल !!

गजल (१)

अचेल सम्बन्धमा चिसो पसेको देख्छु,
आफ्नो भन्दा पराइ दिलमा बसेको देख्छु।।

पानीको तलाउ जस्तै भएको छ यो मन,
जो आउँछन मनपरी चलेको देख्छु।।

नाप तौल होकी किनबेच हो माया,
दिउँसै रावणले सिता हरेको देख्छु।।

मुर्दालाई ज्युदो बनाउने यो सास पनी,
चिहानमा तड्पीदै जलेको देख्छु।।

मलामी छैनन लाशहरु बेबारीसे ढल्दैछ,
दागबत्ति बिनै बस्तीमा आगो बलेको देख्छु।।

गजल (२)

बोल्यो भने रिस गर्छन नबोलेकै ठिक छ,
एउटै मुटु कयौं चोटी नपोलेकै ठिक छ।।

नजरहरु लागेपछि हेर्नुपर्छ घरीघरी,
परेलीका यि पर्दाहरु नखोलेकै ठिक छ।।

अलिकति माया गरि जीवनदान गर्छ भनौंला,
घाटको अर्थीलाइ पानी नडोलेकै ठिक छ।।

यहाँ सत्यको हार नै हुन्छ भो ओकालत नगरिदेउ,
बिषलाई अमृत जडि नघोलेकै ठिक छ।।

– बिनु घले 
सिम्ता गाउँपालिका-९ खानीखोला, सुर्खेत।

यो पनि पढ्नुहोस।

~ बिनु घलेका चार (४) मुक्तक !

~ सप्तरंगी टिका लगाएर निधारमा..