News Portal

एनआरएनए भलिबल टुर्नामेन्ट – २०२० को खेल तालिका सार्वजनिक (तालिका सहित)

११ टिमले प्रतिस्पर्धा गर्दै

हिमाली संचार संवाददाता
८७१ पटक

फाईल तस्वीर।


कुवेत २२, २०७६ फेब्रुअरी : गैरआवासीय नेपाली संघ कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा हुुुने अन्तर नेपाली भलिबल खेल प्रतियोगिताको टाइसिट प्रकाशित गरेको छ।

उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमहरुको सहभागिता रहने महासचिव मानबहादुर तामाङले हिमालीसंचारलाई जानकारी दिए।

शुक्रबार २१ फेब्रुअरीका दिन एमबि बम्जन गोल्ड कपको खेल मैदानमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल, एनआरएनए मानार्थ आइसीसी सदस्य सुरज मास्के, एनसीसीका अन्य पदाधिकारी लगायत भलिबल प्रतियोगितामा प्रतिस्पर्धा जनाउने भलिबल टिमका टिम क्याप्टेन तथा प्रतिनीधिहरूको रोहबरमा गोला थुतेर सार्वजनिक गरिएको टाइसिट अनुसार “ए पोल” बाट ६ टिम र ‘बि पोल” बाट ५ टिमले प्रतिस्पर्धा गर्ने छन् भने “बि” पोलमा रहेको बिजोडी टिमले सिधै क्वार्टर फाइनल खेल खेल्न पाउने छ।

प्रकाशित टाइसिट अनुसार पहिलो खेल “ए” पोल मगर संघ कुवेत ‘ए’ टिम र नेपाल टिम बिच हुनेछ भने दोश्रो खेल ”बि” पोलबाट मगर संघ कुवेत ‘बि’ टिम र कल्याणकारी समाज ‘बि’ टिम बिच हुनेछ।

तेश्रो खेल “ए” पोलबाट नेपाल कुवेत सरोकार समाजको टिम र तनहुँ भलिबल टिम बिच हुनेछ भने चाैथो खेल “बि” पोलबाट मोना कुवेत ‘बि’ टिम र स्याङ्जा समाज कुवेतको टिम बिच हुनेछ।

पाँचाैं खेल सुदुरपश्चिमेली भलिबल टिम र कल्याणकारी ‘ए’ टिम बिच हुनेछ भने बिजोडीमा परेको मोना कुवेत ‘ए’ टिमले “बि” पोलबाट चाैथो खेल जित्ने टिमसँग सिधै क्वार्टर फाइनल खेल खेल्नेछ।

अन्तर नेपाली भलिबल प्रतियोगिता बिहान ८ बजेबाट शुरू हुनेछ भने भलिबल खेल अन्तर्राष्ट्रियस्तरको कभर्ड हलमा खेल हुँदैछ।

उक्त भलिबल प्रतियोगितास्थलमा कडा सुरक्षा ब्यवस्था रहने भएकोले प्रतियोगितामा सहभागिता जनाउने र प्रतियोगिता हेर्न आउने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुवेतको कानुनले वर्जित गरेका खानपिन नखान तथा नलैजान सबैमा अनुरोध गरिएको छ।

साथै सहभागी हुने सबै टिमहरूलाई तोकिएको समयमै उपस्थित भइदिन तथा मर्यादित र अनुसाशित ढंगले स्वस्थ्य प्रतिस्पर्धा गर्न एनसीसी कुवेतले आग्रह समेत गरेको छ।

पुरस्कारको राशी प्रथम हुने टीमलाई १५१ कुवेती दिनार, द्वित्तीय हुने टीमलाई १०१ कुवेती दिनार र तृतीय हुने टीमलाई ५१ कुवेती दिनार नगद प्रदान गर्नुका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताईएको छ।

उक्त प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने छ।

खेल तालिका यस्तो छ:

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...