News Portal

कुवेतमा बुटवलका टुकबहादुरको सवारी दुर्घटनामा परी मृत्यु

हिमाली संचार डटकम
८२७ पटक

कमल सिंह, कुवेत २५ अगस्ट – कुवेतमा एक युवाको सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएर दुर्घटना भएको बुझिएको छ।

कार्गो टास्पोर्ट कम्पनीमा कार्यरत रायमाझीको १४ अगस्ट मंगलबार राती ज्यान गएको हो। उनको शव फर्वानिया अस्पतालमा राखिएको छ।

राहादानी नम्बर ०९३१३२५९ का टुक बहादुर रायमाझी सडक दुर्घटनामा परी मृत्यु भएको पुष्टि गर्दै नेपाली राजदुत कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले हिमाली संचारसग कुराकानी गर्दै भने – उनको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि सम्बन्धित निकाय र कम्पनीसग समन्वय भईरहेको बताए।

कुवेत लगाएत खाडीमा ज्यान गुमाउने नेपाली कामदारको संख्या दिनप्रतिदिन ह्वात्तै बढेको छ। अगस्ट महिनामा मात्रै कुवेतमा ५ जना नेपाली कामदारको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...