News Portal

युएईमा १ किलो सुन  र २  कार नेपालीलाई उपहार

हिमाली संचार संवाददाता
८०४ पटक

रामप्रसाद ढुंगेल युएई – युएईका उत्कृष्ट कारोबार गर्ने चार रेमिट्यान्स कम्पनीमध्ये पछिल्ला महिनामा एक नम्बरमा परेको अल अहालिया एक्सचेञ्जमार्फत पैसा पठाउँदा युएईमा कार्यरत ताप्लेजुङका यामनाथ भट्टराईले १ किलो सुन उपहार प्राप्त गरेका छन् । विगत १९ वर्षदेखि एक क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत भट्टराईले अल अहालिया एक्सचेञ्जको सोनापुर शाखाबाट नेपालको सेन्चुरी रेमिटमार्फत आफ्नो परिवारलाई ३५ हजार रुपैयाँ पठाउदा यो उपहार पाएका हुन् । ताप्लेजुङको श्रीजुङ्ग गाउँपालिका-४ मा पुरानो बसोबास भए पनि हाल झापाको विर्तामोडमा स्थायी बसोबास रहेका भट्टराईले १ किलो सुन अर्थात् करिब करिब ८६ तोला सुन पाएका हुन् । उनले १ किलो सुनको बराबरको रकम लिने बताएका छन् । युएईको बजार मुल्य अनुसारको रकम करिब ५७ लाख रुपैयाँ भट्टराईले पाउने छन् ।

दुई नेपालीलाई २ वटा कार उपहार !!

गत डिसेम्बर १५ देखि २०२० को फेब्रुअरी १२ सम्म करिब ५९ दिनसम्म जारी रहेको विन्टर प्रोमोसन २०१९-२०२० अन्तरगत बुटवलकी सीता पाण्डेले पनि एउटा कार प्राप्त गरेकी छन् । अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट नेपालमा पैसा पठाउँदा पाण्डेले निशान सन्नी कार पाएकी हुन् । पाण्डेले पनि कारको सट्टामा कारको मुल्यबराबरको करिब १२ लाख नेपाली रुपैयाँ पाउने भएकी छन् । यसै प्रोमोसनमा रोल्पाका झकबहादुर गिरीले पनि एउटा कार नै पाएका छन् । अहालियाको अबुधाबीस्थित अल राहा भिलेजबाट पैसा पठाएका उनले निशानको कार उपहार पाएका हुन् । गिरीले पनि कारको मुल्य बराबरको रकम नेपाली रुपैयाँ करिब १२ लाख बुझ्ने सहमति भएको अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

नेपाली ग्राहकबीच लोकप्रिय बन्दै अल अहालिया एक्सचेञ्ज

अल अहालिया एक्सचेञ्जका युएईभरि रहेका ३१ वटा शाखाहरुमध्येबाट पैसा पठाउदा यो भाग्यशाली योजनामा पर्न सकिने व्यवस्था गरिएको अल अहालिया एक्सचेञ्जका जिएम कमल सुब्बाले बताएका छन् । उनका अनुसार २०१८ को प्रोमोसनमा इलामका नरेन्द्र मगरले १ किलो सुन यस्तै योजनामा अल अहालिया एक्सचेञ्जबाट पाएका थिए ।
अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख तथा नेपाल म्यानेजर बेनीमाधव ढकालले यो योजनामा अत्यधिक मात्रामा नेपालीहरुले विगतमा पनि पुरस्कारहरु पाएको बताउदै यो पटक पनि नेपालीलाई नै मुख्य पुरस्कार पर्नु अहालिया एक्सचेञ्जले नेपालीहरुको विस्वास जित्दै गएको दरिलो प्रमाण हो । अल अहालिया एक्सचेञ्ज नेपाली ग्राहकबीच लोकप्रिय बन्दै गएको छ । एक वर्षमा करिब ७ महिना जति यस्तै प्रमोसन चलिरहने भएका कारण पनि धेरै नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी बन्दै गएको छ ।
गत वर्षमात्रै अल अहालिया एक्सचेञ्जबाट पैसा पठाउदा काठमाडौंका नवीन पाण्डेले कार पाएको ढकालले स्मरण गरे ।
अल अहालियाको विन्टर प्रोमोसनको पहिलो उपहार योजना १३ फेब्रुअरीमा अबुधाबीमा सार्वजनिक भएको हो । यसमा झकबहादुर गिरीले एक कार पाएका हुन् । अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट बुटवल सैनामैनामा पैसा पठाएकी युएईमा हाउसमेडका रूपमा कार्यरत सीता पाण्डेले कार पाएकी हुन् । उनले पनि कारको सट्टामा नगद नै लिने बताएकी छन् । ग्रान्ड द्र्‍ अन्तर्गत १ केजी सुनको सार्वजनिक घोषणा अलकुज शाखामा १७ फेब्रुअरी २०२० मा भएको हो । अलकुज शाखामा गरिएको नतिजा सार्वजनिकीकरणमा भट्टराईले १ किलो सुन पाएका हुन् ।
यो योजनामा नेपाली प्रोडक्ट आइएमई र ट्रान्सफास्टले को स्पोन्सरका रूपमा साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...