News Portal

लुम्बिनी समाज नेपाल कुवेतले १३ मार्चमा सातौं वार्षिकोत्सब मनाउदै

हिमाली संचार संवाददाता
७७४ पटक

कुवेत ११, २०२० फेब्रुअरी : कुवेतमा स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा उपस्थित जनाउदै आफ्नो छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं वार्षिकोत्सब मनाउने भएको छ।

आँउदो मार्च १३ तारीख शुक्रबार कुवेतको जिलिबस्थित पपिन्स हलमा उक्त कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव अशोक ओस्तिले हिमालीसंचारलाई जानकारी दिए।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेतमा रहि बिभिन्न कम्पनीहरुमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समयमा सफल संस्थाको रुपमा चिनाउन संस्था लुम्बिनी समाज नेपाल कुवेतले शुभकामना आदान प्रदानसंगै स्थानीय कलाकारहरुको साथमा आफ्नो सातौं वार्षिकोत्सब कार्यक्रम गर्ने भएको हो।

बिगतका दिनहरुमा जस्तै यस पकटको सातौं वार्षिकोत्सब कार्यक्रमा कुवेतबासी नेपालीहरुको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी/ प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि समाजका अध्यक्ष रमेश नेपालीले अनुरोध गरेका छन।

कार्यक्रम हुने:
मिति : १३ मार्च २०२० शुक्रबार
समय : मध्याह्न १२ बजे
स्थान : पपिन्स हल जिलिब

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...