News Portal

आयुष खरेल अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

हिमाली संचार संवाददाता
८३१ पटक

वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे-मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको इतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।

दोस्रो पुस्ताका खरेल १२ वर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको हे-मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन ।

१३ वर्षअघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोगमा सदस्यमा छानिएपछि स्थानीय हे-मार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफूले थप काम गर्ने बताए।

अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । उक्त चरण उतीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ पारित भएपछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ।

आयुष खरेलले उच्च बिद्यालय (हाईस्कुल) उतीर्ण भर्जिनिया अमेरिका बाट नै गरेका हुन् । खरेलले  पूर्वस्नातक (अन्डरग्राजुएट)गरेका छन् भने हाल उनी एमाजोनमा साइबर(अन्तर्जाल) सुरक्षामा काम गर्दछन् । नेपाली मूलका मधु पन्थी नगर परिषद् सदस्य रहेको उक्त पद रिक्त भएपछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् । मधु पन्थी प्रस्तावक रही हे-मार्केट नगर परिसदको बैठकको बन्द सत्रमा बृहत छलफल भै सिफारिस गरेपछि हे-मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै आयुषलाई मनोनित गरेका हुन् ।

आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् । उनी उक्त पदमा अगस्त २० तारिख देखि नै लागू हुने गरी मनोनित भएका छन् । उनलाई हे-मार्केटको नगर परिषद को गत अगस्त ६ तारिखमा बसेको बैठकले मनोनित गरेको हो ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...