News Portal

मुटुरोग पीडित रुमालालाई प्रवासी नेपाली अमेरिकाको सहयोग

हिमालीसञ्चार संवाददाता
५८९ पटक

अमेरिका – शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसवारीमा उपचाररत तलकोट–३, बझाङ्गकी ११ वर्षीया रुमला रोकायालार्इ सुदूरपश्चिमेली समाज, टेक्सास अमेरिकाले आर्थिक सहयोग गरेको छ।

मुटुको शल्यक्रियाका लागि रकम अभावको सामना गरिरहेकी रोकायलाई समाजले ४३ हजार ४ सय रुपैयाँ सहयोग गरेको हो ।

सुदूरपश्सचमेली समाज टेक्सास, अमेरिकाका संस्थापक हरिश उपाध्यायको अगुवाइमा संकलन गरिएको रकम सोमबार खप्तड छान्ना गाउँपालिका–५, का अमर गिरी र वसन्तराज पाध्यायले अस्पताल पुगेर हस्तान्तरण गरे ।

रकम प्राप्त गरेपछि रुमलाले आफूलाई थप बाँच्ने आशा पलाएको बताउँदै सहयोगका लागि सबैसँग आग्रह गरिन् ।

रुमालाको उपचारका लागि बझाङ्गका किशोर खड्काको अगुवाइमा कोरिया, जापान, अष्ट्रेलियालगायत देश विदेशबाट समेत सहयोग भइरहे पनि न्यून आर्थिक हैसियत भएकी उनको उपचारका लागि पर्याप्त रकम जुटिनसकेको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको छ । केही वर्षदेखि बुवा वेपत्ता रहेको र रुमालाको आमाले सामान्य मजदुरी गरेर जीविकोपार्जन चलाउँदै आएकाले उपचारमा समस्या भएको उपचार खर्च जुटाउन सक्रिय वसन्त पाध्यायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...