News Portal

मुख्यमन्त्रीको सचिवालय विस्तार, प्रदेश सभाको हिउँदे अधिवेशन माघमै हुने

हिमाली संचार संवाददाता
४७६ पटक

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले  आफ्नो सचिवालयको बिस्तार गरेका छन्। सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सचिवालयमा तीनजना थप गर्ने निर्णय गरेको हो।

मुख्यमंत्री राईले जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्व सहसचिव महेन्द्र गुरुङ र सूचना प्रविधि बिज्ञमा किसोर सुवेदी नियुक्त भएका हुन। प्रदेश नं. १ को हिउँदे अधिवेशन पनि यही माघ २३ गते बस्ने प्रदेश सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७६/०७७ हिउँदे अधिवेशन बस्ने निर्णय समेत गरेको हो। प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको निर्णय सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले प्रदेश नं. १ को लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.सरोज कोइरालालाई नियुक्त गर्ने समेत सोमबारै निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...