News Portal

अत्यधिक जाडो बढेसंगै राउटेलाई न्यानो कपडा

हिमाली संचार संवाददाता
७३७ पटक

हिक्मतबहादुर नेपाली
दैलेख १२, २०७६ माघ : वरिपरि घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन।

गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यही साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाइसरेका छन।

गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हिमपातले अत्याधिक चिसो बढेपछि उनीहरु सुर्खेत बसाइसरेका हुन। उनीहरु अहिले बस्ने टहरो निर्माणमा जुटेका छन।

पुस माघको कठ्यांग्रिने जाडोबाट बच्न सुर्खेत झरेको राउटे समुदायका महामुखिया महिनबहादुर शाही भन्छन्, ‘पालले छाएको छानोबाट चिसो बिस्तारामै पुग्छ।

चिसोले सास्ती बेहोर्दै आएका राउटे समुदायलाई गुराँस गाउँपालिका लगाएत विभिन्न गैरसरकारी निकायको पहलमा न्यानो कपडा स्वरुप बल्यांकेट सहयोग गरिएको छ।

समुदायका ४६ घरपरिवारलाई प्रति परिवार एक बल्यांकेट वितरण गरिएको हो। बल्यांकेटसहित खाद्यान्न स्वरुप चामल सहयोग गरिएको छ। प्रति परिवार एक बोरा चालम सहयोग गरिएको हो।

‘चिसोको समयमा बुढाबुढी र बालबालिका बढी प्रभावित भएपछि बल्यांकेट सहयोग गरिएको हो। सोसेकका पूर्वअध्यक्ष सिताकुमारी रानाले भनिन।

राउटे युवा शिवराज शाहीले चिसोले कटेरोमा रात गुजार्न हैरान भएको बेला बल्यांकेट पाएपछि खुसी व्यक्त गरे। जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय काठका भाँडाकुडा बनाइ जीविकोपार्जन गर्छन।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...