News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतकाे छैटौं वार्षिकोत्सब सम्पन्न

हिमाली संचार संवाददाता
८३४ पटक

कुवेत २५, २०२० जनवरी : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो सांस्कृतिक कार्यक्रम शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरेको छ।

कार्यक्रम समय बिहान ११ बजे भनेर पत्राचार गरेपनि कार्यक्रम शुरु १.४५ बजेबाट कार्यक्रम शुरुभएको थियो। कार्यक्रममा दर्शकको खासै उल्लेखनीय उपस्थिति भने थिएन। कार्यक्रम हेर्नको लागि दर्शकहरुलाई २ कुवेती डिनार तिर्नुपर्ने व्यवस्था गरेको थियो।

नेपाली राजदुतावासका राजदूत दुर्गाप्रसाद भण्डारीलाई अन्तर्राष्ट्रिय कलाकार कुवेतका अध्यक्ष तथा सल्लाहकार उमेश पुडासैनी राजदूतावास उपस्थिति भएर कार्यक्रमको बारेमा पत्र दिएका थिए तर राजदूतले सिधै म कार्यक्रममा आउदिन भन्नुभयो।

NGO द्वारा संचालित संस्थालाई च्यारिटी शो मा हामी आउन सक्दैन भनेर भन्नुभयो। राजदुत आउन नसक्ने भएपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष डोलराज न्यौपाने र साेहि संस्थाको सल्लाहकार उमेश पुडासैनी नेपाली राजदुतावासबाट फर्किनु भयाे।

कार्यक्रम सफल पार्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघसंस्थाका ब्यक्तिहरु बिशेषले सहयोग गरेका थिए।

कार्यक्रमा अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरलाई बाहिर गेटबाट भित्र स्टेजसम्म राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिम र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले स्वागत गरेका थिए।

कार्यक्रमलाई संरक्षक एवम गायक बिबि मल्ल ठकुरी र सल्लाहाकार अमर खड्काले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिहरुमा एनआरएनए मध्यपुर्व महिला संम्योजक सुमित्रा पौडेल, नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य रहेका थिए।

यसैगरी कुबेतमा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। सभापति, प्रमुख अतिथी, बिशेष अतिथीहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको उद्घाटन गरी नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो।

संस्था सचिब एच पि गैह्रेले स्वागत मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए भने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियोे।

छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमा प्रमुख अतिथि सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित राई, नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य लगयतले शुभकामना मन्तव्य दिएका थिए। भने संस्थाका माहसचिब माया बुढा मगरले English Speech दिनुभएकाे थियाे।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्वारा आयोजित पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रको लागि नेपालबाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका लाई आफनो प्रस्तुती दिन बोलाउदा दर्शकहरु आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरेका थिए।

गायिका सम्झनाले आफ्नो नयाँ तथा पुरा गीतहरु गाएर दर्शकहरुलाई नचाएकि थिईन। नेपालबाट पल्नु भएको अतिथी कलाकार सम्झना लामिछाने मगर, कार्यक्रमा प्रस्तुत गर्नु हुने अन्य कलाकारहरुलाई खादा दोसल्ला ओढाएर मायाको चिनो स्वरूप सम्मान गरिएको थियो।

अतिथी कलाकारलाई मगर सँघ कुवेतले पनि मायाको चिनो र खादा, दोसल्ला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमका अन्त्यमा सभापति अध्यक्ष डोलराज न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपालबाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...