News Portal

सरकारले करको सदुपयोग नै गर्न सकेको छैन : विनोद चौधरी

हिमाली संचार संवाददाता
७२९ पटक

काठमाडौं – उद्योगी विनोद चौधरीले मुलुकले नागरिकबाट उठाएको करको सदुपयोग नै गर्न नसकेको बताएका छन् ।मंगलबार संसद बैठकमा बोल्दै सांसदसमेत रहेका उनले जुन प्रयोजनका लागि कर उठाएको हो त्यो काममा सदुपयोग नगरेसम्म कर उठाउनुको औचित्य नहुने बताए ।

‘कर करदाताले धान्न सक्ने हुनुुपर्ने, एकै प्रकारको आर्थिक गतिविधिमा अलग अलग तरिकाले लगाउन नमिल्ने र यसरी लगाइएको कर जुन प्रयोजनका लागि विनियोजित भएको हो, सदुपयोग भएको अनुभूति करदतालाई हुनुपर्ने पहिलो शर्त हो’ उनले भने ‘तर कर उठाएर त्यसको सदुपयोग गरिएको छ कि छैन हेर्‍यो भने स्पष्ट तस्वीर ल्याउँछ ।’

२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषको रकम अहिलेसम्म सदुपयोग नगरिएको चौधरीले बताए । ‘यो कोषमा सरकार र निजी क्षेत्रका रोजगार र मजदुरको रगत पसिना परेको छ’ उनले भने ‘३३ अर्ब थन्किएको छ ।

सैद्धान्तिक रुपमा भन्ने हो भने यसरी काम गर्नेको तलब कट्टा गरेर जम्मा गरिएको रकम उनीहरुको सुविधा लागि, शिक्षा, आवास, उपयुक्त काम गर्ने वातावरणको पूर्वाधारका लागि खर्च गर्नुपर्ने हो ।’उस विषयमा सरकार जिम्मेवार भएमा सामाजिक सुरक्षा कोषको रकम के भइरहेको छ भन्नेबारे संसदमा जवाफ दिनुपर्ने चौधरीले बताए ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा कर लगाएर २३ अबं संकलन गरिए पनि त्यसको सदुपयोग नगरेको बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...