News Portal

सरकारले करको सदुपयोग नै गर्न सकेको छैन : विनोद चौधरी

हिमाली संचार संवाददाता
६४८ पटक

काठमाडौं – उद्योगी विनोद चौधरीले मुलुकले नागरिकबाट उठाएको करको सदुपयोग नै गर्न नसकेको बताएका छन् ।मंगलबार संसद बैठकमा बोल्दै सांसदसमेत रहेका उनले जुन प्रयोजनका लागि कर उठाएको हो त्यो काममा सदुपयोग नगरेसम्म कर उठाउनुको औचित्य नहुने बताए ।

‘कर करदाताले धान्न सक्ने हुनुुपर्ने, एकै प्रकारको आर्थिक गतिविधिमा अलग अलग तरिकाले लगाउन नमिल्ने र यसरी लगाइएको कर जुन प्रयोजनका लागि विनियोजित भएको हो, सदुपयोग भएको अनुभूति करदतालाई हुनुपर्ने पहिलो शर्त हो’ उनले भने ‘तर कर उठाएर त्यसको सदुपयोग गरिएको छ कि छैन हेर्‍यो भने स्पष्ट तस्वीर ल्याउँछ ।’

२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषको रकम अहिलेसम्म सदुपयोग नगरिएको चौधरीले बताए । ‘यो कोषमा सरकार र निजी क्षेत्रका रोजगार र मजदुरको रगत पसिना परेको छ’ उनले भने ‘३३ अर्ब थन्किएको छ ।

सैद्धान्तिक रुपमा भन्ने हो भने यसरी काम गर्नेको तलब कट्टा गरेर जम्मा गरिएको रकम उनीहरुको सुविधा लागि, शिक्षा, आवास, उपयुक्त काम गर्ने वातावरणको पूर्वाधारका लागि खर्च गर्नुपर्ने हो ।’उस विषयमा सरकार जिम्मेवार भएमा सामाजिक सुरक्षा कोषको रकम के भइरहेको छ भन्नेबारे संसदमा जवाफ दिनुपर्ने चौधरीले बताए ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा कर लगाएर २३ अबं संकलन गरिए पनि त्यसको सदुपयोग नगरेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...