आज : २०२६-०७-११, शनिबार

~~~ गजल ~~~

             ✍️संगीता पौडेल “स्मृति”

मेरो आयु पनि दिन्छु, तिमी नै बाँच्नु प्रिय
मलाई दिने त्यो माया उसैलाई साँच्नु प्रिय

परिवर्तन शिल दुनियाँमा हुँदैन उस्तै सधैं
पलाएका रहरहरु भित्र भित्र खाँच्नु प्रिय

त्यहाँ सारेकी छु, बगैंचामा सुन्दर फुलहरु
चढाउनु देवतालाई रातो गुलाब भाँच्नु प्रिय

प्रेम गर्छु अत्यन्तै, छौ यो हृदयको माझमा
रामले झै अग्नि परिक्षा लिएर जाँच्नु प्रिय

छुट्ने चाहना नै नहुँदा, बाध्यताले छुटायो
बिछ्याइदिएँ छाती तिमी टेकेर नाच्नु प्रिय।।

– अन्नपूर्ण गाउँपालिका – २ कास्की
हाल : युरोप

यो पनि पढ्नुहोस।

=== गजल ===