News Portal

संगीतकार टंक बुढाथोकीको विशेष पहलमा अशोक दर्जीको बन्यो पक्की घर 

हिमाली संचार संवाददाता
७२८ पटक

काठमाडौं – केही महिनासम्म सडकमा गीत गाएर पैसा माग्दै हिँड्ने बालक अशोक दर्जी र उनको परिवारको भाग्य फेरिएको छ । टहरोमा बस्दै आएको उनको परिवार हिजोबाट सुविधायुक्त नयाँ पक्की घरमा सरेको छ ।

संगीतकार टंक बुढाथोकीको पहलमा अशोकको परिवारका लागि पक्की घर निर्माण गरिएको हो । सोमबार दमकमा एक समारोह आयोजना गरी घर हस्तान्तरण गरिएको थियो । हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्यको हातबाट अशोकका बाबुआमालाई साँचो हस्तान्तरण गरियो । उनीहरु हिजैबाट नयाँ घरमा बस्न थालिसकेका छन् ।

घर मात्र नभएर घरभित्रका सम्पूर्ण फर्निचरहरुको पनि व्यवस्था गरिदिएको बुढाथोकीले बताए । उनका अनुसार घरमा ४३ इन्चको टिभी राखिएको छ । यसैगरी होम थिएटर पनि बनाइएको छ । सोफासेट, डाइनिङ टेबल, दराज, टि-टेबल, पलङ, डाइनिङ टेबल लगायतका फर्निचरहरु पनि छन् । किचेनमा पनि फ्रिज, राइस कुकर, प्रेसर कुकरदेखि झर्काको थालसम्म खरिद गरेर दिइएको छ ।

चार कोठाको घर निर्माण र फर्निचर तथा अन्य सामग्रीका लागि करिब २५ लाख खर्च भएको बुढाथोकीले जानकारी दिए । माथि तीन तल्लासम्म उठाउन सकिने गरी बनाइएको उनको भनाई छ ।

‘यो गाउँमा सबैभन्दा राम्रो घर नै यही हो,’ बुढाथोकीले सुनाए ।

घर निर्माणका लागि दाताहरुबाट २१ लाख रुपैयाँ जुटेको उनले जानकारी दिएका छन् । यसैगरी यूट्यूवमा पोष्ट भएका अशोकको भिडियोबाट ४ लाख रुपैयाँ आम्दानी भएको छ । घर हस्तान्तरण गरिसकेर अशोकको खातामा १/२ लाख वचत हुन सक्ने बुढाथोकी बताउँछन् ।

हरिवंशले अशोकको घरमा पुगेर ढोकाको ताल्चा खोलेका थिए । उनले यस कार्यका लागि टंक बुढाथोकी र डिजे रुपकलाई धन्यवाद दिएका छन् । घर हस्तान्तरणपछि अशोकलाई गाडिमा राखेर परिक्रममा समेत गराइयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...