News Portal

संगीतकार टंक बुढाथोकीको विशेष पहलमा अशोक दर्जीको बन्यो पक्की घर 

हिमाली संचार संवाददाता
६७४ पटक

काठमाडौं – केही महिनासम्म सडकमा गीत गाएर पैसा माग्दै हिँड्ने बालक अशोक दर्जी र उनको परिवारको भाग्य फेरिएको छ । टहरोमा बस्दै आएको उनको परिवार हिजोबाट सुविधायुक्त नयाँ पक्की घरमा सरेको छ ।

संगीतकार टंक बुढाथोकीको पहलमा अशोकको परिवारका लागि पक्की घर निर्माण गरिएको हो । सोमबार दमकमा एक समारोह आयोजना गरी घर हस्तान्तरण गरिएको थियो । हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्यको हातबाट अशोकका बाबुआमालाई साँचो हस्तान्तरण गरियो । उनीहरु हिजैबाट नयाँ घरमा बस्न थालिसकेका छन् ।

घर मात्र नभएर घरभित्रका सम्पूर्ण फर्निचरहरुको पनि व्यवस्था गरिदिएको बुढाथोकीले बताए । उनका अनुसार घरमा ४३ इन्चको टिभी राखिएको छ । यसैगरी होम थिएटर पनि बनाइएको छ । सोफासेट, डाइनिङ टेबल, दराज, टि-टेबल, पलङ, डाइनिङ टेबल लगायतका फर्निचरहरु पनि छन् । किचेनमा पनि फ्रिज, राइस कुकर, प्रेसर कुकरदेखि झर्काको थालसम्म खरिद गरेर दिइएको छ ।

चार कोठाको घर निर्माण र फर्निचर तथा अन्य सामग्रीका लागि करिब २५ लाख खर्च भएको बुढाथोकीले जानकारी दिए । माथि तीन तल्लासम्म उठाउन सकिने गरी बनाइएको उनको भनाई छ ।

‘यो गाउँमा सबैभन्दा राम्रो घर नै यही हो,’ बुढाथोकीले सुनाए ।

घर निर्माणका लागि दाताहरुबाट २१ लाख रुपैयाँ जुटेको उनले जानकारी दिएका छन् । यसैगरी यूट्यूवमा पोष्ट भएका अशोकको भिडियोबाट ४ लाख रुपैयाँ आम्दानी भएको छ । घर हस्तान्तरण गरिसकेर अशोकको खातामा १/२ लाख वचत हुन सक्ने बुढाथोकी बताउँछन् ।

हरिवंशले अशोकको घरमा पुगेर ढोकाको ताल्चा खोलेका थिए । उनले यस कार्यका लागि टंक बुढाथोकी र डिजे रुपकलाई धन्यवाद दिएका छन् । घर हस्तान्तरणपछि अशोकलाई गाडिमा राखेर परिक्रममा समेत गराइयो ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...