News Portal

प्रधानमन्त्रीको भ्रमणमा विराटनगरबासीलाई सास्ती, करिब ५ किलोमिटर सडक चक्काजाम

हिमाली संचार संवाददाता
६७२ पटक

ध्रुव भट्टराई/विराटनगर – प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रीहरुको सवारी चल्दा महानगरवासीले कुनै सास्ती अनुभव गर्नुपरेको थिएन । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा भने विराटनगरबासीले निकै दुःख पाए ।

प्रधानमन्त्री ओलीको सवारी हुँदा गरिएको ट्राफिक व्यवस्थापनका क्रममा सर्वसाधारणलाई हिँडडुलमा समेत प्रतिबन्ध लगाइयो ।

विराटनगरमा गोबर ग्यास उद्घाटन कार्यक्रममा सहभागी हुन आइपुगेका प्रधानमन्त्री ओलीका कारण कोशी राजमार्गको कञ्चनबारीदेखि डिग्री कलेजसम्मको सडक खाली गरिएकाले सर्वसाधारणले हिँडडुल पनि गर्न पाएनन् ।
मंगलबार दिउँसो १२ बजेतिर विराटनगर विमानस्थल आइपु्गेका प्रधानमन्त्री ओलीको सवारीका लागि करिब पाँच किलोमिटर सडक पुरै खाली गराइएको थियो ।

प्रहरी परिचालन गरी सहायक राजमार्गबाट कसैलाई पनि मुख्य राजमार्ग छेउमा हिँडडुल गर्न र सवारी साधन चलाउन दिइएको थिएन ।

‘पूरै सडक क्लियर गर्न माथिको आदेश छ’, महेन्द्रचौकको मुख्य सडकमा उभिएका एक ट्राफिक प्रहरीले भने, ‘कसैलाई नहिँड्नु भनेको छ ।’

प्रधानमन्त्री ओली बिराटनगर विमानस्थलबाट सिधै गोबर ग्यास प्लान्टको उदघाटन गर्न कार्यक्रमस्थल बिराटनगर- १४ स्थित श्रीकृष्ण गौशालामा पुगे ।

करिव एक घण्टाको सो कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री पुनः कोशी राजमार्ग हुँदै वीरेन्द्र सभागृहको कार्यक्रममा पुगे ।

प्रधानमन्त्री ओली फर्कने क्रममा पनि मुख्य सडक क्षेत्र खाली गराइयो । गोबर ग्यास उदघाटन कार्यक्रमपछि प्रधानमन्त्री ओली फर्कने क्रममा कतिपय क्षेत्रमा विद्यार्थीहरु भर्खरै छुट्टी भएर घर र्फकने बेला भएको थियो । सडक क्लियर गरिएका कारण बालबालिकाहरु विद्यालयको मुख्य गेटमै रोकिएका थिए ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...