News Portal

  • प्रधानमन्त्रीको भ्रमणमा विराटनगरबासीलाई सास्ती, करिब ५ किलोमिटर सडक चक्काजाम

    हिमाली संचार संवाददाता
    ६०० पटक

    ध्रुव भट्टराई/विराटनगर – प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रीहरुको सवारी चल्दा महानगरवासीले कुनै सास्ती अनुभव गर्नुपरेको थिएन । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा भने विराटनगरबासीले निकै दुःख पाए ।

    प्रधानमन्त्री ओलीको सवारी हुँदा गरिएको ट्राफिक व्यवस्थापनका क्रममा सर्वसाधारणलाई हिँडडुलमा समेत प्रतिबन्ध लगाइयो ।

    विराटनगरमा गोबर ग्यास उद्घाटन कार्यक्रममा सहभागी हुन आइपुगेका प्रधानमन्त्री ओलीका कारण कोशी राजमार्गको कञ्चनबारीदेखि डिग्री कलेजसम्मको सडक खाली गरिएकाले सर्वसाधारणले हिँडडुल पनि गर्न पाएनन् ।
    मंगलबार दिउँसो १२ बजेतिर विराटनगर विमानस्थल आइपु्गेका प्रधानमन्त्री ओलीको सवारीका लागि करिब पाँच किलोमिटर सडक पुरै खाली गराइएको थियो ।

    प्रहरी परिचालन गरी सहायक राजमार्गबाट कसैलाई पनि मुख्य राजमार्ग छेउमा हिँडडुल गर्न र सवारी साधन चलाउन दिइएको थिएन ।

    ‘पूरै सडक क्लियर गर्न माथिको आदेश छ’, महेन्द्रचौकको मुख्य सडकमा उभिएका एक ट्राफिक प्रहरीले भने, ‘कसैलाई नहिँड्नु भनेको छ ।’

    प्रधानमन्त्री ओली बिराटनगर विमानस्थलबाट सिधै गोबर ग्यास प्लान्टको उदघाटन गर्न कार्यक्रमस्थल बिराटनगर- १४ स्थित श्रीकृष्ण गौशालामा पुगे ।

    करिव एक घण्टाको सो कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री पुनः कोशी राजमार्ग हुँदै वीरेन्द्र सभागृहको कार्यक्रममा पुगे ।

    प्रधानमन्त्री ओली फर्कने क्रममा पनि मुख्य सडक क्षेत्र खाली गराइयो । गोबर ग्यास उदघाटन कार्यक्रमपछि प्रधानमन्त्री ओली फर्कने क्रममा कतिपय क्षेत्रमा विद्यार्थीहरु भर्खरै छुट्टी भएर घर र्फकने बेला भएको थियो । सडक क्लियर गरिएका कारण बालबालिकाहरु विद्यालयको मुख्य गेटमै रोकिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...