News Portal

डा.पवन चाम्लिङलाई ‘यलम्बर हाङ सम्मान’

सन्जिब कोयी
६३२ पटक

काठमाडौं, ०२, २०७६ माघ : सिक्किमका निवर्तमान मुख्यमन्त्री डा.पवन चाम्लिङ किरात राई यायोक्खाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका छन्। भारतको सिक्किम राज्यमा २५ बर्ष लामो मुख्यमन्त्री समाल्दै अकल्पनीय परिवर्तन साथै विकास गरेका निवर्तमान मुख्यमन्त्री डा. चाम्लिङ सत्तामा हुँदा किरात भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा विशेष योगदान पुर्‍याएका हुनाले किरात राई यायोक्खाले “यलम्बर हाङ स्मृति सम्मान ५०८०” द्वारा सम्मन गरेको किरात राई यायोक्खाले जनाएको छ।

किरात सम्वत् यलेदोङ माघ १ गत्तेबाट परिवर्तन हुन्छ। यलेदोङ ५०७९ पुरा हुदै यलेदोङ ५०८० माध पहिलो दिनबाट शुरु भएको छ। डा. चम्मलिङ किरात समुदायका लागि विशेष योगदानकर्ता भएका हुनाले यले सम्वत् ५०८० अवसरमा किराँत राई यायोक्खाले डा.चाम्लिङलाई प्रमुख अतिथिको रुपमा काठमाण्डौ आमन्त्रण गर्दै “यलम्बर हाङ स्मृति सम्मान” (दुईलाख दुईहजार दुईसय बाईस रुपैया) नगदसहित विशेष सम्मान गरेको हो। 

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मानित डा. पवन चाम्लिङले आफू तीर्थधामका लागि पितृ भूमिमा आएको बताउदै राष्ट्रियता र राष्ट्रिय राजनैतिक रुपमा आफू भारतीय भएपनि भाषा, संस्कार, संस्कृति र पहिचान किरात रहेको बताए।

डा. चाम्लिङ सत्तामा हुँदा किरात भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा विशेष योगदान पुर्‍याए हुनाले किरात राई यायोक्खाले “यलम्बर हाङ स्मृति सम्मान” द्वारा सम्मन गरेको हो। यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्ने डा.नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरेको थियो।

डा.चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले सिक्किममा विगत २५ वर्ष शासन गर्दै सिक्किमका धेरै ठुलो विकास गरेको थियो। डा. चाम्लिङ लगातार २५ वर्षसम्म सिक्किममा मुख्यमन्त्री थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...