News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कर तिर्दैनन् धादिङका सानाठुला उद्योगहरु

    हरिहरसिंह राठौर
    ४४७ पटक

    धादिङ ०१, २०७६ माघ : धादिङमा सबैभन्दा बढी उद्योग भएका धुनीबेंसी नगरपालिका लगायत पृथ्वीराजमार्गसँग जोडिएका साना ठूला उद्योगहरुले स्थानीय तथा प्रदेश सरकारलाई प्रदूषण कर तिर्न अटेर गरिरहेका छन्।

    न्यूनतम कर तिर्न र नवीकरण गर्न बारम्बार गरेको लिखित तथा मौखिक आग्रहलाई कुनै उद्योगीले नटेरेको स्थानीय तहले गुनासो गरेका छन्।

    धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भने,- ‘नौविसेस्थित केएल दुगडले सञ्चालन गरेको युनाइटेड सिमेन्टलाई प्रदेश सरकारले प्रतिबोरा अढाई रुपैयाँ र नगरपालिकाले प्रतिबोरा ५० पैसा गरी ३ रुपैयाँ वातावरणीय कर भुक्तान गर्न पत्राचार गरेको डेढ वर्ष भयो तर कुनै जवाफ दिएन र कर पनि तिरेन।

    उक्त नगरपालिकामा ३ वटा सिमेन्ट, २ वटा औषधि कारखाना, २७ वटा इँटा उद्योगहरु सञ्चालनमा छन्। त्यस्तै करिब सय रिसोर्ट र होटल, कुखुरा र बाख्रा फर्महरुलाई वातावरणीय मापदण्ड पालना गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न नगरपालिका र वाग्मती प्रदेश सरकारले पटकपटक पत्राचार गरेका थिए।

    प्रमुख आचार्यका अनुसार २०७२ को भूकम्पलगत्तै काठमाडौंबाट विस्थापित भएर नौबिसे ईलाकामा आएका २९ वटा इँटा उद्योगले सामान्य कर तिर्न पनि मानेनन्।

    कृषियोग्य नौबिसे फाँटलाई उद्योगमा बालिने कोइलाको धुवाँले प्रदूषित बनाएको उजुरी परेपछि नगरपालिकाले मापदण्डमा चलाउन र प्रति इँटा २५ पैसा वातावरणीय कर तिर्न पत्राचार गरेको थियो।

    नगरपालिकाले श्रम ऐनअनुसार मजदुरका पारिश्रमिक, बीमा, सामाजिक सुरक्षाकोष, उद्योगहरुको सामाजिक लेखा परीक्षण लगायत सर्त पालना गर्न समेत पत्राचार गरेको थियो तर, उद्योगहरुले कार्यरत मजदुरहरुको नामावलीसमेत उपलब्ध गराएका छैनन्।

    ‘हरेक उद्योगमा कम्तीमा ३ सयदेखि ६ सयसम्म मजदुरहरु काम गर्छन् तर श्रम ऐन लागू भएको छैन, कारबाही गर्ने स्पष्ट कानुन पनि छैन, बैंक ऋृण स्वीकृत गराउने बेला मात्रै नगरमा सम्पर्क राख्छन् अन्यथा कुनै सम्पर्क गर्दैनन’, नगरप्रमुख आचार्य भन्छन्, ‘अब कर नतिर्ने उद्योगलाई नवीकरण नगर्ने बाहेक उपाय छैन।

    जिल्लाका नौबिसे, थाक्रे, गजुरी, छत्रेदेउराली, जीवनपुर, नीलकण्ठमा सञ्चालित ४२ वटा इँटा उद्योगहरुले करोडौं भ्याट छली गरिरहेको पाइएको छ।

    निलकण्ठ नगरपालिका– ८ ससाहमा रहेको महारुप इँटा उद्योगले करोडौंको भ्याट छलीगरिरहँदा समेत सरोकारवाला निकाय मौन छ। उनीहरुले प्रति इँटा ७ देखि रुपैयाँको भ्याट बिल काट्ने गरेको भए पनि ग्राहहरुले प्रति इँटा १३ रुपैयाँ मूल्य पर्छ।

    एक वर्षमा हामीले २५ लाखभन्दा धेरै इँटा बेचिसकेका छौं,’ भट्ट सञ्चालकमध्येका एक बद्री कोइरालाले भने, ‘जिल्लाका सबैतिर बिल दिने एउटै तरिका भएकोले यो विषयमा बोल्न मिल्दैन।

    एक वर्षको अवधिमा १७ उद्योग दर्ता !

    पछिल्लो एक वर्षमा घरेलु तथा साना उद्योग विकास समिति धादिङमा १७ वटा इँटा उद्योग दर्ता भएका छन्। धुनीबेंसी नगरपालिकामा मात्रै स्वीकृति लिएका २९ मध्ये २७ वटा इँटा उद्योगहरु सञ्चालनमा छन्।

    यस क्षेत्रमा सञ्चालनमा रहेका इँटा उद्योगले करिब १५ सय किसानका ५ हजार रोपनी खेतीयोग्य जग्गा ओगेटेको छ। घरेलु तथा साना उद्योग विकास समिति धादिङमा ३० वटा इँटा उद्योगले मात्रै सञ्चालन अनुमति लिएको कान्तिपुरमा खबर छ।

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...

    लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

    काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक...