News Portal

ओमानको नयाँ सुल्तानमा हैयथम 

हिमाली संचार संवाददाता
५९९ पटक

ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त भएका छन् । ओमानी सञ्चारमाध्यमका अनुसार उनले ओमानको सुल्तानका रुपमा शपथ पनि लिइसकेका छन् ।

शुक्रबार साँझ ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि शनिबार हैयथमलाई नयाँ सुल्तान नियुक्त गरिएको हो । काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको हो ।

स्वर्गीय सुल्तान काबुस अविवाहित थिए । त्यसैले ओमानी सिधै ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी कोही थिएन । उनका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो । बन्द खाममा रहेको सुल्तान काबुसको

इच्छापत्र(विल) बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको गल्फन्युजले जनाएको छ ।

शनिबार सुल्तान काबुस बिन सइदको अन्तिम संस्कारअघि हैयथमले अल बुस्तन दरबारमा राज्यारोहण गर्नेछन् । शनिबार बिहान बसेको ओमानको शाही परिवार परिषदको बैठकले हैयथमलाई नयाँ सुल्तानमा नियुक्त गरेको हो ।

हैयथमले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी ओमान फुटबल संघका पहिलो प्रमुखसमेत हुन् । उनी ओमानी नागरिकका बीच खेलप्रेमी व्यक्तिका रुपमा परिचित रहेका छन् ।

सुल्तान काबुसको निधनमा ओमानमा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ । त्यस्तै ओमानभर तीन दिन बिदाको घोषणा गरिएको छ ।

सन् १९७० मा बेलायतको समर्थनमा आफ्नै पितालाई हटाएर ओमानको सत्ता सम्हालेका सुल्तान काबुस आधुनिक ओमानका निर्माताका रुपमा परिचित थिए । उनी उदारवादीका छविका सुल्तान मानिन्थे । उनले ओमानमा सामाजिक सुधारका थुप्रै काम गरेका छन् । त्यही छवि र उनले समातेको विकासको पथलाई नयाँ सुल्तानले पछ्याउँछन् पछ्याउँदैनन् त्यो भने आउने दिनले नै बताउला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...